तेल प्रतिबन्ध बिना ईयु प्रतिबन्धको अर्थ नहुने : युक्रेनी विदेशमन्त्री
एजेन्सी । युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । ‘यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिदे सो टिप्पणी गरेका हुन् । ’
अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले
वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।
दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित
सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ । दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् ।अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही बृद्धि भएको बताइएको हो । तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ । संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्हवा