श्रीलंकालाई ऋणले डुबायो, संकट टार्न पुनः ऋण खोज्न भौतारिँदै अर्थमन्त्री बसिल

काठमाडौं । यतिबेला श्रीलंका ठूलो आर्थिक संकटमा छ । देशको विदेशी मुद्रा सञ्चिती घट्दा विभिन्न वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । यही आर्थिक संकटमा जिविकापार्जन गर्न श्रीलंकाका नागरिकलाई धौधौ भइरहेको छ । सरकारले अत्यावश्यक वस्तु पनि आयात गर्न सकिरहेको छैन । श्रीलंका पेट्रोलियम पदार्थ तथा खाद्यान्न खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । जनताहरु सरकारविरुद्द विरोधमा उत्रिएका छन् । जनताले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । अधिकांश नागरिकहरुले बिजुलीको शुल्क तिर्न नसकेको भन्दै विद्युत कटौती गरिरहेका छन् । महँगाी छोइनसक्नु हिसावले बढेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार त्यहाँकाके मूल्यवृद्धि २० प्रतिशतले बढेको छ । अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँको भाउ घट्दै गएको छ । पछिल्लो २ वर्षमा श्रीलंकाको विदेशी मुद्रा सञ्चिती ७० प्रतिशतले घटेर करिब सवा ३ अर्ब डलरको हाराहारीमा छ । पर्यटन र रेमिट्यान्समा निर्भर श्रीलंकाको अर्थव्यवस्था कोरोनाकै कारण ठूलो समस्यामा पर्यो । अहिले पुनः रुस र युक्रेनबीचको द्वन्द्वले श्रीलंकाको अर्थतन्त्रमा थप असर पुग्यो । तेलको मुल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस वर्ष मात्रै श्रीलंकासँग ७ अर्ब अमेरिकी डलरको ऋण दायित्व छ । ऋणले आर्थिक संकट भोगेको श्रीलंका पुनः ऋणको लागि भौतारिरहेको छ । श्रीलंकाका अर्थमन्त्री बसिल राजपाक्षे ऋण साहयताका लागि भारत पनि गए । उनले श्रीलङ्काले भारतसँग १ अर्ब अमेरिकी डलर आर्थिक साहयता माग पनि गरे । तर, यस विषयमा भारतले केही धारणा दिएको छैन । ऋणमै डुबेको श्रीलङ्काले फेरि पनि ऋण नै लिएर अहिलेको संकट टार्ने योजना बनाएको छ । श्रीलंकाको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि सहयोग मागिरहेको छ । श्रीलंकाले खास गरी चीन, भारत र जापनाबाट ऋण लिएको छ । चीनबाट ऋण लिएर श्रीलंकाले देशको आर्थिक तथा पूर्वाधार निर्माणमा लगायो । तर, चीनलाई २ अर्ब ३१ करोड अमेरिकी डलर ऋण तिर्नमै खर्च गर्यो । त्यसपछि आम्दानी कम विदेशी सञ्चिती घट्दै गयो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार श्रीलंकाले चीनलाई ५ अर्ब डलर बराबरको ऋण तिर्नुपर्नेछ । अझै पनि उसले चीनसँग पनि ऋणको गुहार गरिरहेको छ ।

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, कुन ठाउँमा कहिले ?

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । बैंङ्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ । नयाँ दिल्लीमा दैनिक दुई उडान महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो । जापानको नारितामा साताको दुई उडान नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरे । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ । बैंककमा पनि साताको दुई उडान नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो । रासस

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८०७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० भन्दा बढी संक्रमित पाइएका बताइएको छ । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।  (रासस/सिन्ह्वा)