आफूले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले दुई महिनामै राजीनामा गरेका छन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् । आफूले प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन् । बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । बेलायतमा अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।

दक्षिण कोरियामा कोभिड-१९ का ३३ हजार नयाँ सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो । गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ । यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।

केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित

एजेन्सी । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले शुक्रबार जनाएको छ। नडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध(सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ । संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या गत जुनको ४१ लाखको आसपासामा रहेको थियो । एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ। हर्न अफ अफ्रिकाका लाखौं मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन्।