मोनालिसाको तस्विर र विश्व अर्थतन्त्र
मोनालिसाले के गरिरहेकी छन् ? पहिलो हेराइमा नै विश्वको प्रशिद्ध तस्बिर मुस्कुराइरहेको देखिन्छ । फेरि हेर्नुहोस उनको मुस्कान बिग्रिएको देखिन्छ । अनि फेरि हेर्दा लाग्छ कि यो एक प्रकारको मुस्कान हो । लियोनार्दो दा भिन्चीले स्फुमाटो’को प्रयोगबाट मोनालिसाको अनुहारका रेखाहरुमा अस्पष्ट धमिलो प्रभाव पारेका छन् । तपाईंले जतिपटक तस्बिरमा हेर्नुहुन्छ तपाईंलाई तस्बिरमा के भइरहेको छ भन्ने लाग्छ । कोभिड महामारीपछिको विश्व अर्थतन्त्र पनि मोनालिसा जस्तै भएको छ । तपाईंले जतिपटक हेर्नुहुन्छ, फरक देख्नुहुन्छ । विश्वव्यापी बैंकिङ क्षेत्रमा देखिएको अराजकताका कारण धेरै विज्ञहरुले विश्वको अर्थतन्त्र मन्दीमा ‘हार्ड ल्यान्डिङ’ हुन लागिरहेको बताएका छन् । त्यस्तै, केहीले ‘नो ल्यान्डिङ’को समेत अनुमान गरेका छन् । पूर्वानुमान गर्न कठिन भएको छ । आइएमएफले आफ्नो गत अक्टुबर र अप्रिलमा प्रकाशन गरेको ग्लोबल आउटलुक संस्करणमा ६० पटकसम्म ‘अनिश्चितता’ शब्दको प्रयोग गरेको छ । अमेरिकाको फेडरल रिजर्ब बैंकले गत मार्चमा बैंकिङ ब्याजदरको विषयमा के निर्णय गर्छ भन्नेमा कसैको एकमत थिएन, कसैले बढ्ने, कसैले घट्ने त कसैले कटौति हुने अनुमान गरेका थिए, तर रिजर्ब बैंकका बैठकहरुले लगानीकर्ताहरुलाई अप्रत्यासित निर्णय दियो । गत महिनामा भएको युरोपियन केन्द्रीय बैंकको बैठकमा बैंककी अध्यक्ष क्रिस्टिन लागार्डले आगामी दिनहरु कसरी अगाडि बढ्छन भनेर भन्न नसकिने बताइन् । आधिकारिक तथ्यांकमा काम गर्ने अधिकारीहरुले वास्तविक तस्बिर बुझ्न संघर्ष गरिरहेका छन् । उनीहरुले जिडिपी देखि रोजगारीसम्मको तथ्यांकलाई अद्यावधिक गरिरहेका छन्, तर अनुमानभन्दा परिवर्तन भइरहेको छ । युरो क्षेत्रमा सामान्य भन्दा चारगुणा बढी मात्रामा जिडिपीको परिमार्जन गरिएको छ । मार्च महिनामा ब्रिटेनको तथ्यांक कार्यालयले ठूलो परिमार्जन गर्ने काम गरेको छ । गतमहिना अस्ट्रेलियाका तथ्यांकविदहरुले २०२२ तेस्रो त्रैमासको उत्पादन वृद्धिको अनुमान घटाएका छन् । विश्व कतातिर गइरहेको छ ? सायद विश्व धेरै अस्थिर अवस्थाबाट गुज्रिरहेको छ । युरोपले गतवर्ष विगत सात दशक यताकै ठूलो भू–युद्ध, आपूर्ति श्रृंखलामा अवरोध, उर्जा संकट र बैंकिङ क्षेत्रमा उथलपुथल देख्यो । तैपनी खेलमा गहिरो संरचनात्मक परिवर्तनहरु पनि भइरहेका छन् । जुन पहिलो कोभिड–१९ सँग सम्बन्धित छन् । पुरै विश्व नै महामारीका कारण भएका भिमकाय लकडाउनबाट लड्ने र उठ्ने काम गर्यो । जसले अर्थतन्त्रको संख्यात्मक वृद्धिलाई मौसमी हिसाबले प्रहार गर्ने काम गर्यो । फेबु्रअरीमा आम मानिसहरुको आधारभूत जीवनका आवश्यकताहरु हल गर्न मुद्रास्फितिले निकै कठिन स्थिति सिर्जना गर्न पुग्यो । सन् २०२२ को अन्तिम चौमासिक अवधिमा मुद्रास्फिति ३.१ प्रतिशतबाट बढेर ४.३ प्रतिशतमा पुग्यो । जसलाई युरो क्षेत्रमा सामान्य रुपमा लिन कठिन बन्यो । कामिल कोभारका मुडिज विश्लेषकले मौसमी समायोजनको आधारमा मार्च महिनामा न्यूनतम ०.२ र अधिकतम ०.४ प्रतिशत मुद्रास्फिति कायम रहेको बताएका छन् । महामारीको क्रममा मानिसहरुले अफिसियल सर्वेहरुमा आफ्नो मत व्यक्त गर्न अस्विकार गरिरहेको देखिन्छ । जुन कुरा अमेरिकामा भ्याक्सिन लगाउनको लागि गरिएको सर्वे र बेलायतमा श्रम शक्ति सर्वेमा देखिएको थियो । जतिबेला मानिसहरुले जनाएका प्रतिक्रियामा आधा मात्रै मिलेको थियो । मानिसहरु सरकारी सर्वेक्षणप्रति उत्साहित नभएको देखिन्छ । जसले सर्वेयरहरु अथवा तथ्यांकविदहरुलाई समस्या बनाएको छ । वास्तविक तथ्यांकको अभावले पनि बेरोजगार र मानिसहरुको भविष्यबारेको आफ्नो अनुमानलाई समेट्न समस्या भइरहेको छ । अहिले सामान्यतया मन्दीकै कारण आम मानिसमा आएको बिचलनले गर्दा कसरी समस्याहरुलाई सम्बोधन गर्ने भन्ने विषयमा कठिन भइरहेको तथ्यांकविदहरुले औंल्याएका छन् । तर, विश्वमा धनी मानिसहरुको सम्पत्ति भने वर्षेनी ९ प्रतिशतका दरले वृद्धि भइरहेको छ । लगानीकर्ता र तथ्यांकविदहरुले विश्वको अर्थतन्त्रमा देखिएको अस्थिरता र मन्दीलाई विस्तारै बझ्नेछन् । महामारीको प्रभाव फिक्का हुँदै जानेछ तर मौसमी समस्या समायोजनमा भने समस्या बढ्दै जानसक्छ । अर्थशास्त्रीहरु भविष्यवाणीको अनुमान गर्न सहयोग पुग्ने वैकल्पिक तथ्यांक संकलन गर्न सक्षम हुँदैछन्, जसले आगामी दिनमा आउन सक्ने समस्यालाई निर्णायक हिसाबले सम्बोधन गर्न केही हदसम्म सफल हुने अनुमान गरिएको छ । तर यो विषय सरकार र व्यवसायीहरुलाई सान्त्वना दिनको लागि र प्रयास गर्नको लागि सकारात्मक अन्वेषण हुनसक्छ तर, विश्व अर्थतन्त्रमा अझै केही समय ‘स्फुमटा’ रह्यो भने पनि अचम्म मान्नुहुँदैन । एजेन्सीको सहयोगमा ।
अमेरिकाको फ्लोरिडामा ६ हप्तापछिको गर्भपतन गर्न नपाइने
एजेन्सी । अबदेखि अमेरिकाको फ्लोरिडा राज्यमा ६ महिना भन्दा माथिको गर्भपतन गर्न नपाइने भएको छ । फ्लोरिडाका गर्भनर रोन डेसेन्टिस (आर) ले गत बिहीबार राति ६ हप्ता पुरा भएको गर्भ पतन गर्न नपाइने कानूनमा हस्ताक्षर गरेका छन् । सो सँगै फ्लोरिडा गर्भपतनमा प्रतिवन्ध लगाउने पछिल्लो राज्य बनेको छ । फ्लोरिडा गर्भपतन गर्न चाहनेहरुको लागि उपयुक्त राज्य बनेको थियो । किनकी केही समय अगाडि देखि नै सो नजिकका अन्य राज्यहरु अलाबामा, जर्जिया, लुइसियाना र मिसिसिपीले गर्भपतन गराउने क्लिनिकहरुलाई बन्द गराएका थिए । फ्लोरिडा एलायन्स अफ प्लान्ड पेरेन्टहुड एफिलिएट्सका नीति निर्देशक एनी फिल्कोस्कीले एक्सियोससँग कुरा गर्दै सो निर्णयले अमेरिकाको दक्षिणी क्षेत्रमा ठूलो समस्या पर्न सक्ने भन्दै यसले आर्थिक समस्या समेत निम्त्याउन सक्ने बताएकी छन् । राज्यले लिएको निर्णयको विरुद्धमा महिला अधिकारवादीहरुले विरोध समेत जनाएका छन् ।
आणविक भट्टी बन्द गर्दै जर्मनी आणविक शक्तिबाट बाहिरियो
एजेन्सी । जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने भएको छ र आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेका बेला जर्मनीले आफ्नो आणविक युगको अन्त्य गरेको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न खोजिरहेको थियो । तर सन् २०११ मा जापानमा फुकुशिमा आणविक विपत्तिपछि पूर्व चान्सलर एन्जेला मर्केलले चरणबद्ध रूपमा यसलाई तीव्रता दिएकी हुन् । युक्रेनको चेर्नोबिलजस्ता शीतयुद्धको द्वन्द्व र आणविक विपत्तिको डरले शक्तिशाली आणविक विरोधी आन्दोलन भएको देशमा बहिर्गमनको निर्णय लोकप्रिय हुनेछ । ‘आणविक ऊर्जाको जोखिम अन्ततः अनियन्त्रित छ’, वातावरणमन्त्री स्टेफी लेम्केले भने। उनले यसै हप्ता देशमा जी–७ को बैठकअघि दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए । तर सस्तो ग्याँस आयातलाई अन्त्य गरेको रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण उत्पन्न चुनौती र उत्सर्जनमा छिटो कटौती गर्नुपर्ने आवश्यकताले जर्मनी आणविक ऊर्जाबाट फिर्ता हुन ढिलाइ गर्न स्थानीय विश्लेषकहरूले आह्वान गरेका थिए । आणविक विरोधी आन्दोलनको केन्द्रमा रहेको ग्रीनपीसले बर्लिनको ब्रान्डेनबर्ग गेटमा एक उत्सव पार्टी आयोजना गरेको छ । ‘अन्तमा, आणविक ऊर्जा इतिहासको हो, यो अप्रिल १५ लाई सम्झने दिन बनाऔं’, ग्रीनपीसले भनेको छ । यसैबीच, कन्जरभेटिभ दैनिक एफएजेडले आफ्नो शनिबारको संस्करणमा ‘धन्यवाद, आणविक ऊर्जा’ शीर्षकमा हेडलाइन बनाएको छ र यसलेले वर्षौंदेखि आणविक शक्तिले देशलाई ल्याएको फाइदाहरू सूचीबद्ध गरेको छ ।