अमेरिकाद्वारा आफ्ना पाँच बन्दी छुटाउन इरानलाई छ अर्ब डलर प्रदान
एजेन्सी । इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ । अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ
चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।
इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने
काठमाडौं । इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो । तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु भएको हो । उडान बिहीवार गर्ने बताइएको छ । नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन् । इजिप्ट एयरले यस वर्ष ७१ विदेशी गन्तव्यमा सेवा दिँदै आएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हो । कम्पनीले हालै एशिया, युरोप र उत्तर अमेरिकाका धेरै स्थानमा उडान भर्दै आएको छ ।