वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापालाई
काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवण कुमार थापालाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् । यसअघि उक्त पदमा डा सन्तोष पौडेल थिए । उनी पार्टीमा संलग्न भएको जानकारी पाएपछि निर्वाचन आयोगले तत्कालिन निर्देशक डा. पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।
माण्डु हाईड्रोपावरको सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
सर्पोट लघुवित्तको सीईओमा महेश कुमार चौधरी नियुक्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश कुमार चौधरी नियुक्त भएका छन् । मंसिर १५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरको हो । यससँगै नवनियुक्त सीईओ चौधरीले मंसिर १५ गतेबाटै सीईओको कार्यभार सम्हाल्ने गरी पदभार ग्रहण गरेका छन् । उनले आगामी ४ वर्षसम्म सीईओको कार्यभार सम्हाल्ने छन् ।