असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी
काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो । स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए । ‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने । ३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता
काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए । सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । ‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’ पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।
सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।