धमाधम रोजगारी खुलाउँदै बीमा कम्पनी, रिलायन्स, नेपाल लाइफ र युनाइटेडले मागे नयाँ जनशक्ति
काठमााडौं । सरकारले विभिन्न १० वटा जीबन बीमा कम्पनीलाई सञ्चालन अनुमित दिएसँगै बीमा क्षेत्रमाा रोजगारीको अवसर पनि थपिन थालेका छन् । बीमा कम्पनीले सञ्चालन तयारीका लागि धमाधम नयाँ र दक्ष जनशक्ति माग गरिरहेका छन् । सञ्चालनको तयारीमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सले कार्यालय सहयोगिदेखि सीईओसम्मको लागि दरखास्ता आवेदन मागेको छ । यो कम्पनीले २४ जना भन्दा बढीको आवदेन मागेको छ । यो बीमा कम्पनीले एक जना सीईओ, चीफ बिजनेश अफिसर, चिफ अपरेटिङ अफिसर, चिफ फाइनान्स अफिसर एकएक जना मागेको छ । यसले हेड अफ डिमार्टमेन्ट चारजना, ब्रान्च म्यानेजर १४ जना, कर्पोरेट हेड एक जान र केही संख्यामा अफिसर र असिस्टेन्ट मागेको छ । आवश्यक योग्यता पुगेको र इच्छुक नागरिकको लागि यो बीमा कम्पनीले ग्लोवलजव डटकम डट एनपीमार्फत यही जुलाई २५ भित्र आवेदन दिन आग्रह गरेको छ । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि आइटी अफिसर, क्लेम तथा अन्डरराइटिङ अफिसर, सहायक तथा अन्य कामदार काठमाडौं र बाहिरका लागि जनशक्ति माग गरेको छ । यो कम्पनीले पनि आगामी सात दिन भित्रै नेशनल लाइफमा आवेदन दिन आग्रह गरेको छ । यसैगरी युनाइटेड इन्स्योरेन्सले पनि केन्द्रीय कार्यालय तथा बाहिरका कार्यालयका लागि केही दक्ष जनशक्तिको माग गरेको छ । यो बीमा कम्पनीले ट्रेनी मार्केटिङ केही संख्यामा माग गरेको छ । यसले सात दिन भित्र आवश्यक योग्दा पुगेका र इन्छकु नागरिकलाई युनाइटेड इन्स्योरेन्समा आवेदन दिन आग्रह गरेको छ ।
आधा दर्जन पाइलटको लाइसेन्स नवीकरण भएन, उड्डयन प्राधिकरणले विभिन्न बहानामा झुलाउँदै
काठमाडौं । विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ । लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम लिएपछि दिइने रेटिङ पनि नथपी प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको सम्बद्ध पाइलटहरुले दुस्खेसो पोखेका छन् । प्राधिकरणले निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलान्इसका सातजना पाइलटको लाइसेन्स नवीकरण नगरेको र रेटिङ पनि नथपेको हो । मुलुककै ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्रीले तीन वटा जहाज (फिक्स्ड विंग्स) जहाज ल्याएको र त्यसलाई उडान गर्न ती पाइलट थप गरेको हो । नाागरिक दैनिकबाट ।
नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ । शाह यसअघि एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।