लघुवित्त वित्तीय संस्थाले २६ जनाको लागि रोजगारी खुलायो
काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले २६ जनालाइ रोजगारी दिने भएको छ । ग्रामीण क्षेत्रमा रहेका बिपन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न इच्छुकले मात्र आवेदन दिन पाउने संस्थाले जनाएको छ । पदको हकमा जुनियर अधिकृतले वाणिज्य, तथ्यांकशास्त्र वा गणित विषय लिई स्नातक तह उतिर्ण गरि कम्तिमा २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्नेछ । यस पदको लागि एक जना मागेको छ । शाखा प्रबन्धकको लागि १० जना मागको छ भने सहायकमा ५ जना मागेको छ । सहायकको लागि भने सोहि विषयमा १०+२ उत्तिर्ण गरी कम्तिमा १ वर्ष सोहि क्षेत्रको अनुभव हुनुपर्ने छ । त्यसैगरी, सहायक प्रशिक्षार्थी १० जना मागेको छ । जसमा १०+२ उत्तिर्ण हुनुपर्ने संस्थाले जानकारी दिएको छ । जुनियर अधिकृत पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा उमेरको हद ४० वर्ष हुनेछ । साथै, यसको परिक्षा लिखित, प्रस्तुतिकरण र अन्तवार्ता हुने संस्थाले जनाएको छ ।
शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, ८० भन्दा बढी कर्मचारी आवश्यक
काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर, असिस्टेन्ट म्यानेजर, अधिकृत, असिस्टेन्ट अकाउन्टेन्ट माग गरेको हो । मार्केटिङ डिपार्टमेन्टको म्यानेजर तथा असिस्टेन्ट म्यानेजरका लागि स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको वेबसाइट [email protected] बाट आवेदन दिन सक्नेछन् ।
नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद पक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को महाप्रबन्धकमा चन्द्रसिहं साउद नियुक्त हुनेनिश्चित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउँदलाई नेप्सेको महाप्रबन्धक नियुत्त गर्न प्रस्ताव गएपनि औपचारिक रुपमा निर्णय भएन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले आवेदन गरेका १३ जनामध्ये साउँदसहित प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई छनौट सूचिमा समावेश गरेको थियो ।उनी यस अघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।उनी नेपाली काँग्रेस निकट मानिन्छन् ।