एक्सेल डेभलपमेन्ट बैंकका कामु सीईओ कार्कीले सम्हाले कार्यभार
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन् । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।
जनरल इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो । यससँगै सञ्चालक अग्रवालले करिब दुई वर्ष कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका छन् । उनी २०७६ भदौ १ गते कम्पनीेको सञ्चालकमा नियुक्त भएका थिए ।
एनएमबि क्यापिटलको कामु सीईओमा नेपाल नियुक्त
काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । यससँगै उनले आज (साउन १ गते) देखि नै लागू हुने गरी संस्थाको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी संस्थाको नायव महाप्रबन्धक पनि हुन् । संस्थाका सीईओ श्रीजेश घिमिरेको कार्यकाल सकिएसँगै समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । सीईओ घिमिरेको कार्यकाल असार ३१ गतेदेखि सकिएको थियो । यससँगै नवनियुक्त कामू सीईओ नेपालले संस्थाले अर्को व्यवस्था नगरेसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।