स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा अविनाश अग्रवाल नियुक्त भएका छन् । अग्रवाल सर्वसाधारण समूह लगानीकर्ताहरुबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकमा २९ प्रतिशत लगानी रहेको नेपाली सेयरधनीहरुको प्रतिनिधित्व गर्दै उनी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । यसअघि सर्वसाधारणबाट प्रतिनिधित्व गरेका सञ्चालक भरत कुँवरको कार्यकाल आइतबार सकिएको छ । कुँवरको कार्यकाल सकिएपछि अग्रवाललाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो । आइतबार सम्पन्न भएको बैंकको ३६ औं वार्षिक साधारण सभाले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी आगामी ४ वर्षसम्मका लागि बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम पुनः सुचारु, ठगिएका गुनासा बढी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सुचारु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुचारु गरेकाे हो । आज बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । कार्यक्रममा मन्त्री कुँवरसंग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरूले आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए । मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्याहरू राखेका छन् । मन्त्री कुँवरसंग श्रमिकहरूले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए । फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन् । एकजनाले श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका छन् । दशजना श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा ब्यक्तिका बारेमा राम्ररी बुझ्ने तथा जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यान दिनुपर्नेमा कुरा बताए । मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिएका छन् । साथै कार्यक्रममै  कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध गरेका छन् ।

महुली लघुवित्तमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा असुली तथा जोखि ब्यवस्थापन विभागका लागि १ जना, विभागीय सहायक पदमा आन्तरिक लेखापरीक्षण विभागमा १ जना, विभागीय सहायकमा तालिम तथा सामाजिक विकास विभागका लागि १ जना र अनुगमन अधिकृतमा १ जनाको लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।