एनएमबी लघुवित्तले शुरु गर्यो ऋण अटोमेसन प्रणाली, अब कागज बिनै ऋण पाइने
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले एस्.बी. सोलुसन्स् प्रा.लिसँग सहकार्य गरेर क्रेडिट-एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नको लागि संस्थाले उक्त प्रणाली शुरु गरेको हो । जसमा एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एसबी सोलुसन्स्ले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एसबी सोलुसन्सले डिजिहब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।
‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डको बिक्री खुला, नेप्सेको ग्रोथभन्दा बढी रिटर्न पाइने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेकाे छ । बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अधिकांश रकम दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिने छ । समग्र नेप्सेको ग्रोथ भन्दा यस योजनाको न्याभको ग्रोथ बढी हुने हुँदा योजनाको इकाईधनीहरुलाई नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिने क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेले बताएका छन् । थप सामाग्री ‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डले नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छः मनिष घिमिरे
वेष्ट फाईनान्सले हेलम्बुवासीलाई वितरण गर्यो ४८ थान सोलार प्यानल
काठमाडौं । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको हाे । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेलम्बुबासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।