पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना चयन

काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । यससँगै नयाँ समितिमा समूह ‘क’ बाट ५ जना र समूह ‘ख’ बाट एक जना गरि ६ जना सञ्चालक चयन भएका हुन् । कम्पनीको चौथो र पाँचौं वार्षिक साधारणसभा गत फागुन २४ गते सम्पन्न भएको हो ।

दृष्टि विहीन हेरबिचार केन्द्रलाई आरएमडीसी लघुवित्तको सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्ला स्थित दृष्टि विहीन हेरबिचार केन्द्रलाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टि विहीन विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले एमपीथ्री, एअरफोन, ब्रेल पेपर, सेतो छडी लगायतका एक लाख २० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग स्वरुप प्रदान गरेको हो । आरएमडीसीका अध्यक्ष सुजाता जोशीले दृष्टि विहीन दृष्टि विहीन हेरविचार केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । उक्त सहयोग सामाग्री आरएमडीसी लघुवित्तका साझेदार संस्था सुर्खेतको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको समन्यवमा दृष्टि विहीन हेरविचार केन्द्रलाई हस्तान्तरण गरिएको हो । आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलालाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योगदान पुर्याउँदै आईरहेकोे छ ।

घरेलु लघुवित्तले भुक्तानी गर्यो बीमा दाबी रकम

रौतहट । घरेलु लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकाहा रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा नं ४ की सदस्य मान्ती देवीको मृत्यु पश्चात निज सदस्यको छोरा सहिन्द्र प्रसाद यादवलाई काजक्रिया खर्च बापतको बीमा रकम १० हजार रूपैयाँ संस्थाका शाखा प्रमुख रुपेश कुमार झाले उपलब्ध गराएका छन् । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःख को समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएको छ । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रमुख रुपेश कुमार झा र सो केन्द्रका केन्द्र संचालक राकेश यादवको उपस्थिति रहेको थियो भने केन्द्रको सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।