नागरिक लगानी कोषको ३० वर्षे यात्राः एक खर्ब ६३ अर्ब रुपैयाँ लगानी, विभिन्न ११ वटा योजना ल्याउन सफल
काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३० वर्ष पार गरी ३१औं वर्षमा प्रवेश भएको छ । २०४७ सालमा स्थापना भई सञ्चालनमा आएको कम्पनीले आज (चैत ४ गते) होटल याक एण्ड यतिमा आफ्नो ३१औं वार्षिकोत्सव मनाएको हो । सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले यो अवधिमा कोषले एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न सफल भएको बताएका छन् । त्यस्तै, कोषले विभिन्न ११ वटा योजना ल्याउन सफल भएकाे छ । जसमा करिब ७ लाख ५० हजारभन्दा बढी सहभागीहरु आवद्ध भएका कोषका कार्यकारी निर्देशकनेपालले जानकारी गराए । याे अवधिमा कोषले कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाव योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बीमा कोष, नेपाल प्रहरी बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष,राष्ट्रिय अनुसन्धान बीमा कोष तथा नागरिक पेन्सन लगायतका योजना ल्याइसकेकाे छ । योसंगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पुर्याउँदै आएको छ । त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कोषको खुद मौज्दात रकम एक खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । कोषले हाल उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेको छ । यसलाई थप विस्तार गर्दै चालु आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्य संचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको कार्यकारी निर्देशक नेपालले बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखे । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ मन्त्रालय भन्छ- उत्पादनशील क्षेत्रमा लगानी बढाऊ, धितोपत्र बोर्ड भन्छ- सेयरमा लगानी दोब्बर गर
काठमाडौ । नागरिक लगानी कोषलाई अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले फरक फरक निर्देशन दिएका छन् । अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् भने नेपाल धितोपत्र बोर्डमा अध्यक्ष भिष्मराज ढुंगानाले कोषले सेयर बजारमा गरेको लगानी झण्डै दोब्बरले वृद्धि गर्नुपर्ने बताएका छन् । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताए । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे । त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए । डा.भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए । यसको लागि कोषले आपूmलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ काम गर्नुपर्ने आवश्यकत औल्याए । कोष स्थापना देखि नै निरन्तर नाफामा संचालन भईरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनको भनाई थियो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखेको छ । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धना व्यक्त गरे । सो अवसरमा कोषले संचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष,राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिएको थियो । यो संगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पु¥याउदै आएको छ । कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका छन ।
सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेकाे प्राथमिक सेयर (आईपीओ)मा लगानी गरेकाे तीन महिनाभित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आज (चैत ४ गते) बुधबार बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे हाे । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ । बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ ताेकिएकाे छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने छ । कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यस्तै, सह बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल (एनआईबिएल एस र प्रभु)लाई नियुक्त गरेको हो । नेपालको इतिहासमै पहिलो पटक कम्पनीले नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । उक्त सेयर निष्काशन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः कम्पनीले चैत महिना भित्रै सेयर जारी गर्ने छ । सम्बन्धित समाचार सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?