जीवन विकास लघुवित्तको आईपीओमा २ करोड बढीको आवेदन, कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा तीन दिनमै १२ गुणा बढी आवेदन परेको छ । आज(तेश्रो दिन) बेलुकी साढे ५ बजेसम्म सर्वसाधारमा माग गरेको भन्दा १२.६० गुणा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार यो अवधिसम्ममा १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । आज बिहान साढे १० बजेसम्ममा माात्रै १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर माग गरिसकेका थिए । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
हालसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्म १३ लाख बढी जनाले आवेदन दिएका छन् । आज(असार १३ गते) बिहान साढे १० बजेसम्ममा १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर माग गरेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सेयर निष्काशन गरेकाे तेश्राे दिनकाे पहिलाे हावरसम्ममा सो आवेदकले २ करोड ३८ हजार ९४० कित्ता सेयर माग गरिसकेका छन् । जुन संस्थाले सर्वसाधारमा माग गरेकाेभन्दा १०.८४ गुणा बढी आवेदन हाे । संस्थाले सर्वसाधारणमामात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेकाे छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने
काठमाडौं । छोटो समयमा नै वित्तीय बजारको राम्रो हिस्सा ओगट्न सफल भएको लघुवित्त हो, जीवन विकास लघुवित्त वित्तीय संस्था । गत फागुनबाट सञ्चालनमा आएको दुई वर्ष पार गरेको संस्थाले हाल ३ लाखभन्दा बढीलाई कर्जा तथा सेवा प्रदान गर्न सफल भएको छ । संस्थाले २०७५ साल फागुन ३ गते लघुवित्त वित्तीय संस्थाको रुपमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको इजाजत प्राप्त गरेको थियो । त्यसपछि २०७५ साल फागुन १६ गतेदेखि हाल वित्तीय संस्थाको कारोवार सञ्चालन गर्दै आईरहेको छ । लघुवित्तको ईजाजत पाउनु अघि संस्थाले जीवन विकास समाज (एनजीओ) को नामबाट विगत १६ वर्षदेखि नै लघुवित्त सम्बन्धी कार्य गर्दै आईरहेको थियो । सञ्चालन ईतिहास पुरानो रहेकाे संस्थाको हालकाे स्थिति कार्यक्षेत्र, ग्राहक संख्या, कर्जा लगानी, निक्षेप संकलन आदिको आधारमा मजबुत रहेको छ । यस्तो छ संस्थाको उद्देश्य गरिबी रहित नेपाल निर्माणको मुल उद्देश्यका साथ अगाडी बढेको यस कम्पनीले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउनका लागि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने जनाएको छ । उत्पादनशील व्यवसायको वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रबर्धन गर्ने छ । र, सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने कम्पनीले जानकारी गराएको छ । वित्तीय विवरण संस्थाले आर्थिक वर्ष २०७५/७३ सम्मको अवधिमा २२ करोड १९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा जगेडा तथा अन्य कोष बाहेक ४८ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ भने खुद नाफा ३५ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । संस्थाको वित्तीय विवरण अनुसार चालु आवमा संस्थाको प्रतिसेयर अम्दानी १०४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ । विगत ३ वर्षको नेटवर्थमा भएको औषत प्रतिफल २५.६६ प्रतिशत रहेको संस्थाले जनाएको छ । हाल संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पुँजी ४१ करोड ६ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ । आईपीओबाट उठेको रकम कहाँ लगानी हुन्छ ? उक्त सेयर बिक्री पश्चात कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको रकम संकलन हुन्छ । जुन रकम संस्थाले विभिन्न क्षेत्रमा लगानी गर्ने छ । संस्थाले संकलित रकममध्ये सबैभन्दा बढी कृषि, पशुपालन, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा १९ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी गर्ने छ । त्यससँगै, भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ११ लाख र वाणिज्य बैंक लगायत अन्य वित्तीय संस्थामा २६ लाख रुपैयाँ लगानी गर्ने संस्थाले जनाएको छ । भावी योजना तथा रणनीति कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिका लागि विभिन्न योजना र योजना प्राप्तिका लागि विभिन्न रणनीति चाल्ने जानकारी गराएको छ । संस्थाले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा पनि थप ५८ वटा शाखा विस्तार गर्ने योजना बनाएको छ । त्यस्तै, उक्त शाखा विस्तारको हिसावले संस्थाले आगामी आर्थिक वर्षसम्ममा थप ३ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र १० अर्ब ७४ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । हाल संस्थाको कुल निक्षेप ७ अर्ब ७७ करोड रुपैयाँ र कर्जा लगानी २० अर्ब ७ करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षसम्ममा उक्त रकम बढाएर क्रमशः १० अर्ब ९३ कराेड रूपैयाँ र ३० अर्ब ८१ कराेड रूपैयाँ पुर्याउने संस्थाकाे याेजना रहेकाे छ । भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा ल्याउन संस्था प्रयत्नरत रहेको छ । आफ्नै गाउँघर टोल छिमेकमा नगद रहित वित्तीय कारोबार गर्न डिजिटल सेवालाई विस्तार गरिनेछ । त्यस्तै, संस्थाले आगामी आर्थिक वर्षसम्ममा करिब ७९ हजार सेवाग्राहीको संख्या थप गर्ने लक्ष्य लिएको छ । यस्तो छ संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापकीय टीम कम्पनीको संचालक समिति लगायत व्यवस्थापन समिति तथा उच्च पदाधिकारीहरुमा लामो समयको बैंकिङ्ग तथा लघुवित्तको अनुभव रहेको छ । जसले गर्दा अन्य प्रतिष्पर्धी अन्य लघुवित्तभन्दा पृथक किसिमले सहज तरीकाले सञ्चालक गर्न सक्ने संस्थाको क्षमता रहेको छ । संस्थाको उच्च व्यवस्थापकीय तहमा तीन जना अधिकृतहरु रहेका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत(डीसीओ) मा दामोदर रेग्मी र वरिष्ठ प्रबन्धकमा विजय कुमार मण्डल रहेका छन् । जसमध्ये सीईओ मण्डलले ४२ लाख ८५ हजार रुपैयाँ, डीसीओ रेग्मीले १८ लाख १२ हजार रुपैयाँ र वरिष्ठ प्रबन्धक मण्डलले १५ लाख ५९ हजार रुपैयाँ (गत २०७७ लाख असार ३१ गतेसम्म) प्रारिश्रमिक बुझेका छन् । जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल त्यस्तै, संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् । जसको नेतृत्व अध्यक्ष बिक्रमराज सुबेदीले गरिरहेका छन् । त्यस्तै, सञ्चालकमा श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ र इन्द्र नारायण देव रहेका छन् भने स्वतन्त्र सञ्चालकमा सोनिला शाक्य रहेकी छिन् । महिलालाई सामूहिक जमानीमा कर्जा प्रदान गर्ने न्यून आय भएका वर्गसहित विशेष त महिला ग्राहकको आवश्यकता अनुरुप नै सेवाहरु उपलब्ध गराउँदै लैजाने कम्पनीको लक्ष्य रहेको छ । त्यसकालागि वित्तीय संस्थाले देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याई महिला ग्राहकहरुलाई समूहको माध्यमबाट सामूहिक जमानीमा कर्जा प्रदान गर्ने तथा समूहको माध्यमबाट नै निजहरुबाट व्यक्तिगत तथा सामूहिक बचत संकलन समेत गर्ने कार्य गर्दछ । ३ लाख बढी लाभान्वित गरिबी रहित नेपाल निर्माणको मुल उद्देश्यका साथ अगाडी बढेको यस कम्पनीले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउनका लागि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल यस कम्पनीको १९ जिल्लामा रहेका १३८ वटा शाखा कार्यालय मार्फत ३ लाख २ हजार ३४७ परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । संस्थामा हाल ८१८ जना कर्मचारी रहेका छन् । जसमध्ये ७६५ जना स्थायी, ३४ जना करार तथा ज्यालादारी र १९ जना परीक्षणकाल तथा प्रशिक्षार्थी रहेका छन् । संस्थाले कर्मचारीहरुका लागि छुट्याइएको सेयर करार तथा ज्यालादारी कर्मचारी बाहेकका कर्मचारीलाई संस्थाको सञ्चालक समितिको निर्णय बमोजिम बाँडफाँड गरिने संस्थाले जानकारी गराएको छ ।