नेपाल एग्रोको १४ प्रतिशत बोनस सेयर पारित, इन्फिनिटीले एक्वायर गर्ने
कास्की । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १४ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको पाचौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए । कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारण सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मान गरेको बताइएको छ । संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईंले बताए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१ हजारभन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिए ।
मनकामना स्मार्टको आईपीओ निष्काशन बन्द, पर्यो ८० गुणा बढी आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन तथा बिक्री बन्द भएको हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओमा आवेदन दिने म्याद आज(असार २१ गते)देखि निष्काशन बन्द भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ २० लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार कूल २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ता सेयर माग गरेका छन् । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा गुणा बढी हो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । यद्यपि उक्त तथ्यांक भने अन्तिम नभएको र यसमा घटबढ हुन सक्ने क्यापिटलले जानकारी गराएको छ ।
दुई लघुवित्तको पौने २४ लाख बोनस सेयर सूचीकृत
काठमाडौं । आज (असार २१ गते) सोमबार दुई लघुवित्त वित्तीय संस्थाको कूल २३ लाख ७३ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये निर्धन उत्थानको सबैभन्दा बढी अर्थात १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी, स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, यी दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।