२ लाख ६९ हजारले पाए सिंगटी हाइड्रोको आईपीओ, नतिजा यसरी हेर्न सकिन्छ
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे भएको हो । यससँगै २ लाख ६९ हजार ७०० जना आवेदकले मात्रै कम्पनीको सेयर हात पारेका छन् । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७०० जना आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । त्यस्तै, १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ । कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ । गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो । यसरी हेर्न सकिन्छ नतिजा यससँगै, आवेदकले मेरो सेयरको वेबसाइट मार्फत आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।
वार्षिक साधारणसभामा जान गोर्खाज फाइनान्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । गोर्खाज फाइनान्स आगामी बैशाख २१ गते वार्षिक साधारणसभामा जाँदै छ । चैत २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको सभाको मिति तय गरेको हो । संस्थाले आथिर्क वर्ष २०७६/७७ को सभा सो दिन बिहान ११ बजे भौतिक उपस्थिति तथा भर्चुअल (भिडियो कन्फरेन्स) माध्यमबाट गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केट क्याटेरिङ्ग इभेन्टमा हुन लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख ६ गतेदेखि बैशाख २१ गतेसम्म बुक क्लोज हुँदै छ । संस्थाले सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश नपाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
सिंगटी हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, साढे २ लाख बढीले सेयर पाउने
काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ हुने भएको हो । कम्पनीले गत चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २९ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । जसममध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो । यससँगै कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेकोले उक्त सेयर न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिने छ । जस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै कम्पनीको १० कित्ताको दरले सेयर पाउनेछन् । र, आवेदन दिएका बाँकी साढे १२ लाख बढी आवेदकको भने हात खाली हुने छ ।