बजार खुलेको ५ मिनेट नबित्दै बिशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । आज (बैशाख ९ गते) कारोबार खुलेको ५ मिनेट नबित्दै बिशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन ११ बजेर ५ मिनेटको अवधिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साढे ३ महिनापछि प्रतिकित्ता २८८० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ३१६८ रुपैयाँ पुगेको छ । जुन शुरुवाती मूल्यको तुलनामा २८८ रुपैयाँले बढी हो । यो समाचार तयार पार्दासम्म अर्थात ११ बजेर १५ मिनेट जाँदासम्म कम्पनीको ४२ हजार २९१ कित्ता सेयर माग देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हाे । कम्पनीकाे २०७७ माघ १८ गतेदेखि सेयर काराेबार रोक्का भएको थियाे । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । सम्बन्धित समाचार साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार
कालिका लघुवित्तको अध्यक्षमा खाँणसहित सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण निर्वाचित भएका छन् । बैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खाँणलाई अध्यक्ष पदमा चयन गरेको हो । बैशाख ७ गते सम्पन्न संस्थाको १०औं र ११औं साधारणसभाले समितिमा ६ जनालाई चयन गरेको थियो । यससँगै, संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी २ जनालाई सञ्चालकमा चयन गरेको हो । संस्थापक समूहबाट विकास गौचन, शान्ता कुमारी पोखरले उप्रेती र चन्द्र बहादुर क्षेत्री सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान सञ्चालकमा निर्वाचित भएका छन् ।
नेप्सेमा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।