नेपाल सेवा लघुवित्तको जेठ ३ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आज अर्थात जेठ ३ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि आजदेखि आगामी जेठ २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाको छैठौं वार्षिक साधारणसभा आगामी जेठ २४ गते सोमबार बिहान ११ बजे सिन्धुपाल्चोकमा रहेको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ ।

राधी विद्युत कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने

काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । जेठ २ गते बसेको अपरान्ह ५ बजे सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

निरन्तर बढेको महिला लघुवित्तको उकालो यात्रामा ब्रेक, पहिलो पटक नेगेटिभ सर्किट

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट लागेको छ । संस्थाले हालै सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) जारी गरी गत चैत ३ मात्र दोश्रो बजारमा प्रवेश गरेको थियो । चैत ३ गतेदेखि बैशाख २६ गतेसम्ममा कूल ३६ दिन सेयर कारोबार खुल्यो । यो अवधिमा नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य कहिले घट्ने त कहिले बढ्ने भइरह्यो । तर, बैशाख २५ गतेसम्म महिला लघुवित्तको सेयर मूल्यमा भने निरन्तर सर्किट लागेको थियो । गत बिहीबारको कारोबारसम्म बजारमा देखिएको तीव्र उतारचढावले संस्थाको सेयर मूल्यमा कुनै असर गरेको थिएन । तर आज बैशाख २६ गते कम्पनीको इतिहासमै पहिलो पटक सेयर मूल्य घटेको छ । पछिल्लो कारोबारको तुलनामा संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५०३ रुपैयाँले घटेको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता ५ हजार ३० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता ४५२७ रुपैयाँमा झरेको छ । आइतबार कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको ४ हजार ५२७ पटकको कारोबारमा ५१ हजार ८८ कित्ता सेयर किनबेच भएको हो । यससँगै आइतबार संस्थाको बजार पुँजीकरण ४ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको छ ।