सिवाईसी नेपालले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । जेठ १४ गते सम्पन्न संस्थाको पहिलो विशेष साधारणसभाले सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिवाईसी नेपालको १०० कित्ता सेयरलाई शालिग्रामको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात(स्वाप रेसियो) कायम गरिएको छ । प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पारेका थिए । सभामा सेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाईहरु राखेका थिए । सभाको सञ्चालन संस्थाका कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए । यसैबीच, शालिग्राम लघुवित्तको शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्तले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त प्राप्ति गर्नका लागि बाटो खुलेको हो । उक्त सभा बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न भएको हो ।

पुँजी बजार सरोकारवालामध्ये अर्थमन्त्री पौडेलले कसको सुझावलाई प्राथमिकतामा राख्लान् ?

काठमाडौं । अर्थमन्त्रालयले भोलि अर्थात जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले भोलि अपरान्ह ४ बजे आध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न लागेको हुन् । मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि बजेट अध्यादेश मार्फत ल्याइने भएको हो । उक्त बजेटमा अन्य क्षेत्रले जस्तै पुँजी बजारले पनि नयाँ नयाँ कार्यक्रमको अपेक्षा गरिरहेका छन् । पुँजी बजारका सम्बद्ध सरोकारवालाहरु लगानीकर्ताका संघसंगठन, मर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपाल, धितोपत्र व्यवसायी, नेपाल स्टक एक्स्चेञ्ज र नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालय समक्ष आ-आफ्नो तर्फबाट पुँजीबजारको विकास तथा विस्तारको लागि विभिन्न सुझावहरु पेश गरेका छन् । लगानीकर्तालाई वर्गीकरण गर्ने, ब्रोकर कमिशन हटाउने सहित मर्चेन्टलाई ब्रोकर लाइसेन्स दिने विभिन्न ६ वटै लगानीकर्ता संघसंगठनको एउटै सुझाव के छ भने लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन २ भागमा वर्गीकरण गरी अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गराउनु पर्छ । अल्पकालिन लगानीकर्ता भन्नाले सेयर प्राप्त गरेको एक वर्ष अथार्त ३६५ दिनभित्र बिक्री गर्ने र दीर्घकालिन लगानीकर्ता भन्नाले एक वर्षपछि सेयर बिक्री गर्नेलाई बुझिन्छ । त्यस्तै, बैंकका सहायक कम्पनी मर्चेन्ट क्यापिटललाई पनि ब्रोकर लाइसेन्स दिएर पुँजी बजारको दायरा फराकिलो बनाउनुपर्छ । साथै, हाल कार्यान्वयनमा आएको ब्रोकर कमिशन घटाएर अधिकतम पनि ०.२५ प्रतिशत बनाउनु पर्छ । गत वर्ष मात्र न्युनतम ०.२७ प्रतिशत र अधिकतम ०.४ प्रतिशतमा झारिएको उक्त कमिशन दर पुनः यो वर्ष पनि घटाउनु पर्ने उनीहरुको माग छ । पछिल्लो समय पुँजीबजारमा उच्च कारोबार भएसँगै हालको कमिसन दर उच्च रहेकोले समयसापेक्ष अनुसार व्यवस्था गराउनको उक्त सुझाव पेश गरिएको लगानीकर्ताहरु बताउँछन् । फण्डमा लाग्ने करको विषयको अस्पष्टता हट्ला ? मर्चेन्ट संस्थाहरुको छातासंगठन मर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपालले म्युचुअल फण्डमा र पीईभीसी फण्डहरुमा करको स्पष्टता गराउनुपर्ने । अस्पष्टताको कारणले फण्ड लेभलमा दोहोरो कर लागिरहेकोले त्यसमा स्पष्ट बनाउन संघको माग रहेको छ । अर्को, जीवन बीमामा जस्तो सामूहिक लगानी कोषमा म्युचुअल फण्डमा लगानी गर्दा ५० हजारसम्म करयोग्य आयबाट घटाउन पाउने व्यवस्था होस् भन्ने पनि मर्चेन्ट बैंकर्स संघको सुझाव रहेकाे छ । क्लोज आउटमा कर हट्ला ? धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । उक्त बुँदामा क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म सुझाव रहेको छ । त्यस्तै, धितोपत्र व्यवसायीले १५ प्रतिशत अग्रिम कर बुझाउँदै आईरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्नुपर्ने ब्रोकरको सुझाव रहेको छ । ब्रोकर्स एशोसिएसनको २१ बुँदे सुझावः क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म नेप्सेको पुनर्संरचना होला ? दोश्रो बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले भने बजेटको लागि औपचारिक रुपमा सुझावहरु पेश नगरेको बताएको छ । र पनि अनलाइनको युजरहरु बढाउनेदेखि लिएर नेप्सेको पुनर्संरचना हुनु पर्छ र बोण्ड मार्केटलाई पनि गतिशिल रुपमा अघि बढाउनु पर्छ भन्ने उसको सुझाव रहेको उच्च श्रोतले बताएको छ । धितोपत्र बोर्डको कुन कुन माग पुरा होला ? पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले हाल एउटै रहेको पुँजीगत लाभकरलाई अल्पकालिन र दीर्घकालिन लगानीकर्तामा अलग अलग बनाउने, ५० करोड रुपैयाँभन्दा बढी पुँजी रहेका कम्पनी बजारमा भित्र्याउनेदेखि नयाँ स्टक एक्स्चेञ्ज सञ्चालनमा ल्याउने लगायतका सुझाव दिएको अर्थमन्त्रालयमा पेश गरेको छ । त्यस्तै, कमोडिटी मार्केटलाई सञ्चालनमा ल्याउनुपर्छ । सरकारी ऋणपत्रको डिम्याट गरेर कारोबार सञ्चालन गर्नुपर्छ । र, कानुनी व्यवस्थाको सुधार लगायत बजार विकास विस्तार गर्ने सम्मको सुझाव धितोपत्र बोर्डमार्फत अर्थमन्त्रालयमा पेश भएको छ । के सबै सुझावको सम्बोधन हाेला त ? प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपछि हालको सरकार काम चलाउ बनेको छ । संविधानमा रहेकाे व्यवस्था अनुसार काम चलाउ सरकारले पुरा बजेट ल्याउन नमिल्ने रहेको छ । त्यसैले आगामी वर्षको बजेट काम चलाउ आउने हो की भन्ने अनुमान रहेको छ । यदी सो अनुसार बजेट आएमा नयाँ नयाँ कार्यक्रम पनि नआउने धेरैको आशंका रहेको छ । उता अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री पौडेलले विशेष गरेर २ विषयमा फोकस भएर बजेट ल्याउने भएका छन् । उनले कोभिड महामारी नियन्त्रण तथा रोकथाम र त्यसबाट उत्पन्न भएको असहज परिस्थितिसँग जुध्नको लागि बजेटमा नयाँ कार्यक्रम र योजना आउन लागेको स्रोतको दावी रहेको छ । यद्दपि, कारोनाको महामारीको कारणले देश आर्थिक संकटको मन्दीमा परेकोले पुँजीबजारका सरोकारवालाले सेयर बजारको लागि धेरै अपेक्षा राखेका छैनन् । तर पनि सेयर बजारलाई लक्षित गरेर केही सम्बोधन आउला की भन्नेमा सबै आशावादी छन् । सम्बन्धित समाचार  आगामी बजेटमा सेयर बजारका लागि कस्तो व्यवस्था हुनुपर्ला ? यस्तो छ सरोकारवालाको सुझाव दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउन पुँजीबजार फोरमको सुझाव ब्रोकर्स एशोसिएसनको २१ बुँदे सुझावः क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म  

सनराइज ब्लूचिप फण्ड सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । सनराइज क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र सनराइज क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।