वालेट ‘आइएमई पे’ ले दिन्छ बैंकले सरह ब्याज, ग्राहकको आकर्षण बढ्दो
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी सुनिल पौडेलले पछिल्लो समय आईएमई पे वालेट प्रयोग गर्छन । उनको वालेटमा ५० हजार रुपैयाँ राख्छन् र दैनिकी निर्धक्कसँग चलाउँछन् । बजारमा धेरै डिजिटल वालेट सेवा उपलब्ध भए पनि उनले आईएमई पे नै रोज्नुको खास कारण रहेछ । वालेटमा रहेको रकममा बैंकले सरह ब्याज दिन थालेपछि आईएमई पे वालेट नै आफ्नो रोजाईमा परेको उनले सुनाए । हाल बैंकहरुले साधारण बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्छन् । आईएमई पे पनि वालेटमा रहेको रकममा त्यत्ति नै दरमा ब्याज दिदै आएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणाली अर्थात् मोबाइल वालेट भन्ने वित्तीकै सर्वसाधारणाकाे मनमस्ष्किमा आउँछ ‘आइएमइ पे’ । नेपालको डिजिटल प्रणालीलाई टेवा पुर्याउने उद्देश्यले ५ वर्षअघि ‘आइएमई पे’ को सुरु भएको थियो । यसअघि नै मोबाइल बैंकिङ्ग सेवा लगायत अन्य इन्टरनेट सुविधाहरु सञ्चलानमा भएपनि वालेटको सुरुवात भने आइएमई पे ले गरेको बताउँछन् कम्पनीकाे कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई । २०७४ साल असार ५ गते राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको आइएमई डिजिटल साेलुसन लिमिटेडले आइएमई पे को नामबाट वालेट तथा एप्स संचालन गरिरहेको छ । ‘जे पे गर्दा पनि आइएमई पे’ नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गरिरहेको यस कम्पनीले विभिन्न स्किमहरुका साथ नेपाली अनलाइन भुक्तानीको माध्यमका रुपमा काम गरिरहेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी प्रणाली सञ्चालक १० वटा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थाहरु (वालेट तथा एप्स) २७ वटाले अनुमतिपत्र प्राप्त गरेका छन् । संचालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरु मध्ये आइएमई पे नेपालको लोकप्रिय मोबाइल वालेट हो । सेवा प्रवाहमा वालेटहरुबीच ठूलो प्रतिस्पर्धा छ । त्यसमा आइएमई पे का स्किमले ग्राहकलाई आकर्षित गरिरहेको छ । आइमएई पे ले भुक्तानीको काम मात्रै नभएर प्रयोगकर्तालाई ब्याज पनि प्रदान गर्ने स्किम संचालन गरिरहेको छ । जुन अरु कुनै भुक्तानी प्रदायकले गरेका छैनन् । आइएमई पे ले वालेटमा रकम जम्मा गर्दा ७.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । कम्पनीले विगत ३ वर्षदेखि प्रयोगकर्तालाई ब्याजदर दिइरहेको जनाएको छ । बैंकहरुको ब्याजदर अनुसार नै उक्त वालेटले ब्याजदर पनि परिमार्जन गर्ने गरेको छ । अहिले वाणिज्य बैंकहरुले बचतमा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन् । सोही अनुसार कम्पनीले पनि अहिले आइएमई पे मा रकम जम्मा गर्याे भने ७.१३ प्रतिशत ब्याजदर तोकेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई कस्टमर आकर्षण गर्न र डिजिटलमा ग्राहकलाई ‘इनकरेज’ गर्न वालेटमा रकम जम्मा गर्दा ब्याज दिने स्किम संचालन गरेको बताउँछन् । ‘वालेटमा सामान्यतः सानोतिनो पेमेन्ट गर्न मात्रै रकम जम्मा गर्छन्, वालेटमा ब्यालेन्स मेन्टेन गरेका हुँदैनन्, वालेटमा ब्याज दियो भने कस्टमर इनकरेज हुन्छन्, वालेटमा आकर्षण बढाउन ब्याजदर दिएका हौं, बैंकले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन्, आइएमई पेले पनि सोही ब्याज दिन्छ, बैंकको ब्याजदर परिमार्जन भयो भने त्यहि अनुसार परिवर्तन पनि हुने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइएमई पे ले कस्टमरलाई बैंक खाता बराबरको सुविधा दिइरहेको छ, जसलाई बैंकसम्म जानु पर्ने आवश्यकता छैन, जसको बैंकसम्म पहुँच छैन, फाइनान्सियल स्पेस छैन भने त्यस्ता ग्राहकलाई हामीले वालेटमा ब्याज दिने गरेका हौं ।’ नेपालमा रेमिट्यान्स आयात गर्नेमा आइएमई रेमिट्यान्स कम्पनी एक नम्बर हो । ग्राहकहरुले आजको दिनमा पनि नगद रकम नै बढी झिक्ने गर्छन् । अहिले पनि लाइन बसेर कारोबार गर्ने गरेका छन् । तर, आइएमई पेले लाइनमा बस्नुपर्ने झण्झटलाई मुक्त गर्दै सिधैं वालेटमा रेमिट्यान्स पठाउँदा ब्याज दिइरहेको छ । साथै वालेटमा रेमिट्यान्स इस्यू गर्दा ब्याजसहित अन्य सुविधाहरु पनि प्रयोग गर्न सकिने उनले बताए । राष्ट्र बैंकको नियम अनुसार वालेटमा ५० हजार रुपैयाँ भन्दा बढी राख्न दिँदैन । जस्तो वालेटमा ७५ हजार रुपैयाँ ब्यालेन्स छ भने २५ हजार बैंक खातामा राखेर ५० हजार मात्रै मेन्टेन गर्नुपर्ने राष्ट्र बैंकको नियममा छ । राष्ट्र बैंककाे नियम अनुसार वालेटलाई ५० हजार रुपैयाँ बराबरको कारोबार गर्न छुट छ । बढी रकम छ भने बैंकको खातामा लैजान ग्राहकलाई सुझाव दिने गरेको उनले बताए । ब्याजदरबाट ग्राहकलाई फाइदा ग्राहकको फाइदाका लागि वलेटमा ब्याज दिने व्यवस्था मिलाएको कामु सीईओ भट्टराइले बताए । धेरै मान्छेलाई वालेट चलाउन मोटिभेट गर्न ब्याज दिने व्यवस्था गरेको उनको भनाइ छ । यसबाट वालेटलाई कुनै फाइदा नरहेको उनी बताउँछन् । ‘कम्पनीलाई फाइदा भन्दा पनि ग्राहकलाई फाइदा हुने हो, धेरै मान्छेले वालेट चलाउनु हुन्न, डिजिटल पेमेन्ट गर्नुहन्न, यसको प्रयोग गर्दा इन्करेजमेन्ट होस्, साथै बैंकिङ्ग अभ्यास पनि सुरु हुन्छ, बैंकको सेवा पनि हुन्छ, यसबाट कम्पनीलाई केही पनि फाइदा छैन, ग्राहकलाई नै फाइदा होस भनेर नै ल्याएका हौ,’ उनले भने । वालेटमा पैसा राख्दा ब्याज दिन सम्भव भएर नै यो स्किम ल्याएको उनको भनाइ छ । बैंकसँगकाे सहकार्यमा खाता खोलिन्छ । डिजिटल अकाउण्ट खोलेर बैंक थ्रू भएर वालेटमा रकम राख्दा ब्याज दिने गरेको उनले बताए । विगत ३ वर्षदेखि वालेटमा रकम राख्दा ब्याज दिइरहेको उनले जानकारी गराए । आइएमई पे भिसा कार्ड बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले निःशुल्क रुपमा भिसा कार्ड वितरण गरिरहेको छ । जुन नेपालमा संचालित वालेटहरुमध्ये पहिलो पटक कम्पनीले भिसा सुरु गरेको हो । आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा अतिरिक्त छुटको व्यवस्था समेत मिलाएको कामु सीईओ भट्टराई बताउँछन् । ‘हामीले वालेटमा भिसा कार्ड वितरण गरिरहेका छौं, वालेटमा भिसा कार्ड दिने पनि आइएमई पे नै पहिलो हो, बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले भिसा कार्ड वितरण गर्छ, हामीले भर्चुअल र फिजिकल्ली नै भिसा कार्ड वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘भर्चुअल कार्डले इकमर्समा काम गर्छ, फिजिकल कार्डले जहाँ भिसा कार्ड प्रयोग हुन्छ त्यहाँ प्रयोग गर्न सकिन्छ, ग्राहकलाई वालेट प्रयोग गर्न र बैंक तथा वित्तीय संस्थामा जानुभन्दा अघिको चरणमा सुरुमा इनकरेजमेन्ट होस भनेर यो फिचर ल्याएका हौं, यो एउटा मिनि अकाउण्ट जस्तै चलाउने हो ।’ आइएमई पे भिसा कार्डलाई पनि कस्टमरले धेरै मन पराएको उनको भनाइ छ । कलेजमा गएर विद्यार्थीहरुलाई भिसा कार्ड वितरण गर्ने गरेको उनले बताए । ‘बैंकमा गएर झन्झिटिलो तरिकाले पैसा तिरेर डेबिट कार्ड लिनुपर्छ, त्यो कार्ड लिन पनि एक दुइ हप्ता कुर्नु पर्छ तर आइएमई पे को भिसा कार्ड क्यूआर तुरुन्तै गरेर तुरुन्तै पाइन्छ, यो निशुल्क हुन्छ,’ उनले भने । स्किममा प्रतिस्पर्धा पछिल्लो समय वालेटबीच कडा प्रतिस्पर्धा बढेको छ । वालेटहरुमा कारोबार गर्दा क्यास ब्याकमा धेरै प्रतिस्पर्धा देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नगद कारोबारमा केही संकुचन ल्याएपछि मोबाइल वालेटमा कारोबार बढेको थियो । राष्ट्र बैंकले पनि ‘डिजिटल पेमेन्ट’ अर्थात् विद्युतीय भुक्तानीमा जोड दिँदै क्यूआर प्रयोगलाई बढावा दिएको छ । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पनि मोबाइल बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । मोबाइल वालेटहरुमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किमहरु ल्याएका छन् । अहिले आफूमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किम तथा क्यास ब्याकको सुविधा दिइरहेका छन् । आइएमई पे ले पनि ग्राहक तान्न आकर्षक क्यास ब्याक र स्किम संचालन गरिरहेको भट्टराईले बताए । आइएमई पेले टप अप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा दिइरहेको छ । हवाइ यात्राको लागि टिकट काट्दा ३ सय रुपैयाँसम्म क्यास ब्याक र अन्य पुरस्कारको पनि व्यवस्था मिलाएको उनको भनाइ छ । ‘अहिले हाम्रो दशैं तिहारको स्किम पनि चलिरहेको छ, हामीले दशैं तिहार फेस्टिभल भनेर फोन देखि ट्याबलेट, ल्यापटप, बम्फरमा इलेक्ट्रिक स्कुटर पुरस्कार वितरण गर्न स्किम ल्याएका छौं, यो स्किम तिहार पछि पनि चल्छ,’ उनले भने, ‘प्रडक्ट अनुसार क्यासब्याक छुट्टाछुट्टै छ, कहिलेकाँही क्यूआर गर्दा शतप्रतिशत क्यासब्याक दिने पनि दिन्छौं, आइएमईको २२ औं वर्षको अवसरमा शतप्रतिशत क्यास ब्याक दिएका थियौं, त्यो पर्टिकुलर दिनमा मात्रै हो, कहिलेकाँही त्यस्तो पनि हुन्छ, सामान्यतया ५/१० प्रतिशत क्यासब्याक दिइरहेका हुन्छौ,’ उनले भने । आकर्षण बढ्दो भट्टराईका अनुसार वालेटमा आकर्षण बढ्दो छ । नेपालमा अहिले प्रयोग गर्ने संख्या पनि बढीरहेको छ । विदेशमा पहिला नै विकास भएपनि नेपालमा अहिले वालेट प्रयोग गर्नुपर्छ भन्ने सोच आएको छ । आइएमई पेको फिचरमा पनि आकर्षण बढेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए । आइएमई पे प्रयोग गर्ने ग्राहक संख्या २५ लाख छन् । जसमा सक्रिय प्रयोग कर्ता ६ लाख छन् भने सक्रिय कारोबार गर्ने प्रयोगकर्ता साढे २ लाख छन् । धेरै कारोबार वालेट टपअप र क्यूआर पेमेन्ट हुने गरेको उनले बताए । रकम ट्रान्सफर्मर वा पठाउने बढी छन्, संख्याका हिसाबले टप अप, क्यूआर, बिल पेमेन्ट, इलेक्ट्रीसिटीको बिल पेमेन्ट, हवाइ टिकट खरिदमा बढी कारोबार हुन्छ,’ उनले भने । साथै, मेरो सेयर नवीकरण, दोस्रो बजारमा सेयर खरिद बिक्री, भुक्तानी, टिएसमा धितो लोड जस्ता सुविधाहरू वालेटबाट प्रयोग गर्न सकिन्छ ।
नुवाकोटमा खर्च विवरण नबुझाउने उम्मेदवारबाट ३० करोड असुल गरिने
नुवाकोट । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब ३० करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरिवाना तोकिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट आठ करोड ५४ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ । यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही तीन लाख ५० हजार रुपैयाँका दरले तीन करोड १५ लाख रुपैयाँ असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए । यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट १७ करोड ३४ लाख रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिन्छ । गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् । जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । उनको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । ‘कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ’, गौतमले भने, ‘उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।’ नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए । त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो । रासस
७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा
काठमाडौं, १ असोज । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अभियानले यस्तो घोषणा गरेको छ । अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने जनाएको हो । अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोखे । उनले देशमा कृषिक्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन ? भनेर प्रश्न गरे । उनले देश बनाउनको लागि सबै युवाहरु पार्टीको विचारभन्दा माथि उठ्नुपर्ने माजोड दिए । अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ । कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भने, ‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकता छ । अब खेतीयोग्य जमिन बाँझो रहने छैन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं । हरित क्रान्तिले देशमा पर्यटकहरु भित्र्याउनेछौं ।’ उनले अहिले देशका युवाहरु एक छाक खानाको लागि सस्तो पारिश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए । उनले अहिले प्रत्येक नेपाली नागरिकको टाउकोमा ऋणको भारी थपिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए ।