कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा आर्कषक छुट पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूकf परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछोरी) का लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको छ । सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्मदिन, विवाह, व्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ। यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्याबमा २० प्रतिशत छुट पाइने भएको छ ।
तीजको अवसरमा हार्दिक आईभिएफले ल्यायो छुटको अफर
काठमाडौं । हार्दिक आभिएफ एण्ड फर्टिलिटी सेन्टरले तिजको अवसरमा उपचारमा विशेष छुट दिएको छ । नि:सन्तापनको उपचारमा उच्चस्तरको सेवा दिदै आइरहेको फर्टिलिटि सेन्टरले तिजको अवसरमा छुटको व्यवस्था गरेको जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित् यो सेन्टरले भदौ महिनाभरि डाक्टर कन्सलटेन्ट तथा भिडियो एक्सरे सेवा,आईयुआई सेवामा ५० प्रतिशत छुट,आइभिएफ सेवामा १० प्रतिशत औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिएको जनाएको छ । विगत १३ वर्षदेखि निःसन्तापनमा सेवा दिदए आइरहेकी आइभिएफ विशेषज्ञ डा.अर्चाना शाक्यलगायत विशेषज्ञ सहितको टोलीले सञ्चालन गरिरहेको हार्दिक आभिएफ एण्ड फर्टिलिटि सेन्टरले निःसन्तानपन सम्बिन्ध अन्तर्राष्ट्रिस्तरको विभिन्न सेवा नेपालमा दिँदै आइरहेको छ ।