अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मंसिर १४ गते बसेको कम्पनी संचालक समितिको बैठकले सो मात्राको लाभांश प्रस्ताव गरेको हो । साथै, बैठकले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत (अर्थात एक बराबर ०.५ को अनुपातमा) हकप्रद जारी गर्ने प्रस्ताव पनि गरेको छ । यसअघि कम्पनीको २१औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजी लगानीको लागि कम्पनीले बोनस पछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्ताव कम्पनीको आगामी २३औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् ।

युनाईटेड इदी-मर्दीकाे आईपीओ बाँडफाँडः भाग्यमानी ६ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज आइतबार (मंसिर १४ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज दिउँसो ४ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा भएको हो । यससँगै बिक्री प्रबन्धक क्यापिटलका अनुसार याेग्य आवेदकमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । र, बाँकी ४ लाख ५९ हजार १२९ जनाको भने हात खाली भएको छ । त्यस्तै बाँकी रहेको ६ कित्ता सेयर थप ६ जना आवेदकलाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको छ । उक्त सेयर न्युनतम २० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन गरेका भाग्यमानी ६ जना आवेदकले पाएका छन् । उक्त आईपीओमा कूल ५ लाख ४१ हजार २६३ जना आवेदकले कम्पनीको ९४ लाख ९८ हजार ४ सय कित्ता सेयरको लागि आवदेन दिएका थिए । जसमध्ये ८६१ जनाको आवेदन रद्द भएको थियो । उक्त याेग्य आवदेन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ११.६९ गुणा बढी हो । कम्पनीले गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरेकाे छ ।

नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज शुक्रबार मात्रै सो मात्रा अर्थात ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।