हकप्रद सेयर जारी गर्न अरुण हाइड्रोले पायो स्वीकृति, बुक क्लोज कहिले ?

काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यससँगै कम्पनीले १ बराबर ०.५ प्रतिशतको अनुपातमा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन गर्ने प्रयोजनको लागि संस्थाले आगामी चैत ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

टेलिकमको सञ्चालकमा लगानीकर्ता पौडेलको उम्मेदवारी, लगानीकर्तालाई उचित प्रतिफल दिने प्रतिबद्धता

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । आगामी चैत २३ गते हुने टेलिकमको वार्षिक साधारण सभाले कम्पनीकाे सर्वसाधारण सेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन गर्दै छ । पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् । उनले उक्त पदमा निवार्चित भएसँगै नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता गरेका छन् । ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, सामाजिक सञ्चालमार्फत लगानीकर्ता पाैडेलले बताए । ‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बाेनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनले बताए । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सम्बन्धित समाचार नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने

रिभर फल्स पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।