यूनिलिभर नेपालको प्रस्तावित लाभांश पारित, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?
काठमाडौं । यूनिलिभर नेपालको प्रस्तावित १०० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १६ गते सम्पन्न कम्पनीकाे २७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावित लाभांशलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश पाउने भएका छन् । साधारण सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यससँगै कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको सो मात्राको लाभांश पाउने भएका छन् ।
महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भिसा कन्ट्याकलेस कार्ड, विकास बैंकमध्ये पहिलो
काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशन(एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टरमिनलबाट रकम भुक्तानी गर्न सकिन्छ । महालक्ष्मी विकास बैंक भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
चन्द्रागिरी हिल्सको आईपीओ खुल्याे, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (मंसिर १७ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।