सहकारी दिवस ११ दिन मनाइदै, खुत्रुके कार्यक्रममा सहभागी हुन संघकाे निर्देशन
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले ६४ औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । संघले ११ दिवशीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी संघ संस्था तथा सदस्यलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । संघले चैत्र १७ गते देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ । चैत्र १७ गते गौरीशंकरसभा कक्ष दक्षिणकालिमा बिहान १० बजे अन्तक्र्रिया गर्ने, ग्रिनल्याण्ड ब्याङकेट थानकोटमा ११ बजे ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ सम्वन्धि गोष्ठी तथा शिखर पार्टी प्यालेस नागर्जुन नगरपालिमा १ बजे ‘स्थानीय सरकार र सहकारी बीचको सम्वन्ध’ विषयक गोष्ठी हुने भएको छ । त्यसैगरी चैत्र १८ गते मतातिर्थ बृद्धाश्रममा साढे ४ बजे भोजन तथा फलफूल बितरण, कागेश्वरी मनोहरा नगरपालिका विषेश स्कूल तथा पूनस्थापना केन्द्रमा बिहान ११ बजे अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री बितरण, कीर्तिपुर बहुउद्धेश्यीय सहकारीको भवनमा दिउसो ३ बजे ‘सामाजिक र आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक गोष्ठी, कान्तिपुरी एबी पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ । चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका उत्तरबाहिनी गुरुकुल संस्कृत बिद्यालयमा बिहान ९ बजे ६५ जनालाई खाद्यान्न बितरण गरिने जनाइएको छ । त्यसैगरी चैत २० गते सद्भाव बैंङ्केट टोखामा बिहान साढे ८ बजे शुभकामना आदान प्रदान तथा चियापान, बिहान ७ बजे बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई, क्राउन बैंङ्केट मिनभवनमा दिउँसो १ बजे ‘रुपान्तरणकारी नेतृत्व’ कार्यक्रम हुने जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङले जनाए । उनले चैत्र २० गते बिशालबजार बैंङकेटमा दिउँसो १ बजे ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तक्र्रिया हुने र चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने जनाए । संघको संयोजनामा हुने कार्यक्रमहरु चैत १७ गतेदेखि २८ गतेसम्म गरिने अध्यक्ष तामाङले जनाएका छन् । नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनको सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर दिवस मनाउने गरिएको छ । नेपालले यो वर्ष ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ नारा तय गरेको छ । उक्त दिन देशभर सहकारी दिवस मनाइन्छ । देशभर २९ हजार ८ सय ८६ सस्था रहेका छन् ।
यूनाईटेड मोदीले यूनाइटेड मेवा खोलामा साढे ६७ करोड लगानी गर्ने
काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले यूनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ । कम्पनीले ५० मेगावाटको यूनाइटेड मेवा खोलाको कूल जारी पुँजीको ३० प्रतिशत सेयर स्वामित्व रहने गरी ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हाे । सभाले लगानी योग्य आयोजनामा लगानी गर्न अख्तियारी दिएसँगै कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । चैत १६ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । यूनाइटेड मेवा खोलाको विभिन्न विवरण अध्ययन तथा विश्लेषण पश्चात उक्त कम्पनीमा लगानी गर्न उपयुक्त देखिएकाले बैठकले सो निर्णय गरेको हो । बैठकले यूनाइटेड मेवा खोलाको जगेडामा रहेको प्रतिकित्ता एक सय रुपैयाँ दरका ६७ लाख ५० हजार कित्ता सेयर एक सय रुपैयाँमा नै खरिद गर्ने भएकाे हाे । सोही बमोजिम उक्त कम्पनीसँग सेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ ।
नेप्सेमा लघुवित्तसहित चार कम्पनीको सेयर सूचीकृत, सबैभन्दा बढी बोनस सेयर
काठमाडौं । सोमबार नेप्सेमा विभिन्न चार संस्थाको सेयर सूचीकृत भएको छ । चैत १६ गते एकैदिन दुई लघुवित्त र दुई विकास बैंकको बोनस र हकप्रद गरी कूल २८ लाख ४६ हजार ३१ कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये सबैभन्दा बढी बाेनस सेयर सूचीकृत भएकाे छ । त्यसमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत र एनएमबि लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यी दुई संस्थाको क्रमशः ६ लाख ४ हजार ३७० कित्ता र ८ लाख ६१ हजार ८७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, पोखरा फाइनान्सको ५ प्रतिशत अर्थात ४ लाख ५८ हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, साहरा विकास बैंकको भने हकप्रद सेयर सूचीकृत भएको हो । संस्थाको ९ लाख २१ हजार १४८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । यससँगै यी कम्पनीको सेयर केहि दिनमै सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।