लाभांश पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । रिलायन्स फाइनान्सले आगामी बैशाख २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको हो । सो दिन बिहान ११ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुन लागेको उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने संस्थाले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पाउने छन् । साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गर्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गते बुक क्लोज गर्ने हो । यससँगै बैशाख ९ गतेसम्म कायम भएका सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।
तीन कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज(चैत २३ गते) बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि ६ लाख १० हजार ९९८ कित्ता सेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको १० प्रतिशत बोनस अर्थात ५ लाख ३५ हजार ५५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
रु रु जलविद्युतको आईपीओ अपडेटः तीन दिनमै ३५.९८ गुणा बढी आवेदन
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा ३५.९८ गुणा बढी आवेदन परेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार ४ बजेसम्ममा साे मात्राकाे आवेदन परेकाे हाे । क्यापिटलका अनुसार चैत २२ गते आइतबार साँझ ४ बजेर १७ मिनेटसम्ममा ९ लाख ३५ हजार ४८७ जना आवेदकले संस्थाको एक करोड ३६ लाख ४५ हजार ६७० कित्ता सेयर माग गरेका क्यापिटलले जनाएको छ । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ३५.९८ गुणा बढी आवेदन हो । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आजदेखि आगामी चैत २४ गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।