सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । आज सोमबार सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३३८ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँदेखि शुरु हुने छ ।
मर्ज भए एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त
काठमाडाैं ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । शुक्रबार एक समाराेहबिच दुई संस्थाकाे मर्जरकाे अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको हाे । मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन । उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ । मर्जर पश्चात् यि दुई संस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।
नेपाल क्लियरिङ्ग हाउस साफा अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) साउथ एशियन फिडरेशन अफ अकाउन्टेन्ट अवार्डस्(साफा) २०१९ बाट सम्मानित भएको छ । साफाले सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसीएचएललाई सम्मानित गरको हो । एनसीएचएलले आव २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मुल्यान्कनकोे आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा साफाद्वारा हस्तान्तरण गरिएको थियो । यस वर्ष इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स् अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड(बीपीए) २०१९ मा पहिलो स्थान पाए पश्चात एनसीएचएलको केस आईक्यानले साफा मा पठाएको थियो । एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फकाे प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको विभिन्न प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।