शालिग्रामलाई प्राप्ती गर्न सिवाईसी नेपालले पायो अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ती (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै लघुवित्तको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार सेयर स्वाप अनुपातमा सेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो । प्राप्ती (एक्विजीशन) पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बागलुङ बजारमा रहने छ ।

जीवन विकासको आईपीओमा नयाँ रेकर्ड, पौने २१ लाखले भरे सेयर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । जसले पछिल्लो समयको आईपीओमा आवेदनकाे रेकर्डलाई तोडर नयाँ रेकर्ड राख्न सफल भएको छ । संस्थाले जारी गरेको आईपीओमा आन्तिम दिनसम्ममा पौने २१ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आजसम्ममा २० लाख ८४ हजार ७६२ जनाले संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका छन् । तर यो तथ्यांक अन्तिम नभएको क्यापिटलले जानकारी गराएको छ । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १६.९२ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको थियाे । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे ।

कमोडिटी मार्केट खाेल्न न्यूनतम पुँजी डेढ अर्ब, ऋण लिएर सेयर किन्न बन्देज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालन गर्ने निर्देशिका लागू गरेको छ । बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ बमोजिम ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका’ बनाई आज (असार १५ गते)देखि लागू गरेको हो । यससँगै उक्त मार्केट सञ्चालन गर्नको संस्थाले अनुमतिको लागि बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । उनीहरुले तोकिएबमोजिम विवरण तथा निवेदन शुल्क २५ लाख रुपैयाँ बुझाउनु पर्ने बोर्डले जनाएको छ । उक्त कारोबार गर्ने संस्थाको चुक्ता पुँजी न्युनतम साढे एक अर्ब हुनुपर्ने छ । बोर्डले कारोबार गरिने वस्तुलाई दुई भागमा विभाजनको गरेको छ, जसमध्ये एउटालाई न्युनतम साढे १ अर्ब रुपैयाँ चुक्ता पुँजी र अर्कोको न्युनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने बोर्डले जानकारी गराएको छ । त्यस्तै, उक्त मार्केट सञ्चालन गर्ने संस्थाको संस्थापक(व्यक्ति, स्वदेशी र रणनीतिक साझेदार संस्था) ले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी गर्नु पर्ने छ । र, प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्ने छन् । उनीहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्था लगायतका ऋण सापटी लिएको रकम प्रस्तावित संस्थामा लगानी गर्न नपाउने बोर्डले जनाएको छ । नेपालमा कमोडिटी मार्केट सञ्चालन गर्ने कम्पनी स्थापन गर्न बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति दिने प्रकृयालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकोले बोर्डले उक्त निर्देशिका लागू गरेको हो । यस्तो छ अन्य व्यवस्था [pdf id=282648]