समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको मंगलबार (मंसिर ३० गते) मात्रै १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । माउन्टेन इनर्जी नेपालको साधारण सेयर(आईपीओ) भोलि (पुस १ गते) बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको सेयर आज(मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै लगानीकर्ताले भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको छ । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि एनआईबिइल एस क्यापिटल, लाजिम्पाटलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
रिडी हाइड्रोको बोनस सेयर सूचीकृत
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (मंसिर ३० गते) मंगलबार मात्रै सो मात्रा अर्थात २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, कम्पनीको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियाे । सम्बन्धित समाचारः रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश