एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बाँडफाँड भाेलि, भाग्यमानी पाँच जनाले थप १० इकाई पाउने
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को इकाई भोलि (मंसिर २३ गते मंगलबार) बाँडफाँड हुने भएको छ । इकाई निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड भोलि बिहान ९ बजे बिक्री प्रबन्धकको कार्यालय काठमाडौंको बबरमहलमा हुने भएको हो । संस्थाले गत मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म ४ करोड २५ लाख इकाईहरु बिक्रीमा राखेकाे थियाे । साे अवधि भित्रमा ७९ हजार ५१४ जना आवेदकहरुबाट रितपुर्वक ५ कराेड ६० लाख १६ हजार ५७० इकाईकाे लागि माग परेकाे थियाे । जसमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ । त्यस्तै, १० लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिने छ । र, त्यसपश्चात बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० इकाई थप गरि कुल ४ कराेड २५ लाख इकाई बाँडफाँड गरिने क्यापिटलले जानकारी गराएकाे छ । संस्थाले ४ करोड २५ लाख इकाईहरु सर्वसाधरणमा माग गरेको थियो । फण्डले कुल ५ करोड इकाइ मध्ये बीज पुँजीबापत कुल निष्काशन गरी इकाईको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि अधिकतम ४ करोड २५ लाख इकाई सार्वसाधरणमा बिक्रीमा राखेको हो । सम्बन्धित समाचारः एनआईसी एसिया क्यापिटलकाे खुलामुखी म्युचुअल फण्डमा लगानी गर्नु कत्तिको उपयुक्त ?
अरुण काबेलीको साधारणसभाले पारित गर्यो ६ प्रतिशत लाभांश, कहिलेसम्मका सेयरधनीले पाउछन् ?
काठमाडौं । अरुण काबेली पावरको प्रस्तावित ६ प्रतिशत लाभांश पारित भएकाे छ । मंसिर २२ गते सम्पन्न कम्पनीकाे १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद गरी ६ प्रतिशत लाभांश पारित गरेकाे हाे । कम्पनीको सोमबार कम्पनीको काठममाडौंको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल (जुम) माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ । साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक वर्ष २०७६⁄७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए । त्यस्तै सेयरधनी अरुणभ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष रमेश न्यौपानेले आफ्ना धारणा राखेका थिए । सभामा सेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल, अमृतनाथ रेग्मी, अमृतदास रंजित, चन्द्रनारायण श्रेष्ठलगायतले कम्पनीको प्रगतिप्रति खुशी ब्यक्त गर्दै अर्को बर्ष दोहोरो अंकमा लाभांश दिने गरी काम गर्न आग्रह गरेका थिए । सभाको संचालन कम्पनी सचिव सिर्जना खड्काले गरेकी थिइन् । साधारणसभामा प्रस्तुत सेयरधनीका सुझावलाई कम्पनीले कार्यान्वयन गर्ने बताउँदै अध्यक्ष न्याैपानेले आगामी दिनमा समेत सबै पक्षबाट साथ सहयोगको अपेक्षा गरेका थिए । कम्पनीले पारित गरेको लाभांश मंसिर १२ गतेदेखि बुक क्लोज हुनुअघि सेयर किनेका सेयरधनीहरुले पाउने छन् ।
रसुवागढी हाइड्रो वार्षिक साधारण सभामा जाँदै, बुक क्लोज कहिले ?
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी पुस २० गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित चिलिमे जलविद्युत कम्पनीको सभाहलमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १२ गते बुक क्लोज हुने भएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।