साढे १२ लाख बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ, अब भर्न नपाइने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकले सेयर भरेका हुन् । कम्पनीको सेयरमा आवेदन दिने अन्तिम दिनसम्ममा २ करोड ४४ लाख २९ हजार ८४० कित्ता अर्थात २ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर माग भएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको थियो । उक्त सेयरमा इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यससँगै आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने व्यवस्था थिएन ।
माउन्टेन हाइड्रोले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज(पुस २७ गते) चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो । सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।
चन्द्रागिरी हिल्सकाे आईपीओः साढे १० लाख बढीले भरे, भाेलिसम्म आवेदन दिन पाइने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म दुई अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार(पुस २७ गते) साँझ ५ बजेसम्ममा १० लाख ६७ हजार ८९३ जना आवेदकले २ करोड १० लाख ५२ हजार ३२० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरिरहेको छ । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेकाे हाे । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यससँगै इच्छुकले भाेलि बैंकिङ्ग समय भित्रमा कम्पनीकाे सेयरकाे लागि आवेदन दिइसक्नु पर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।