माघ ९ गतेदेखि ‘सानिमा लार्ज क्याप फण्ड’को बिक्री खुला, कति गर्ने लगानी ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले ‘सानिमा लार्ज क्याप फण्ड’ को माघ ९ गते शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना भोलिदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला हुने भएको हो । संस्थाले प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न लागेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।

पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएस एस

काठमाडौं । पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामासोनापुर मिनरल्स्का प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् । यस कम्पनीले २ करोड कित्ता सेयर स्थानियबासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनीसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।

ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।