बुक बिल्डिङ्ग: लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि नागरिक लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी संस्थागत लगानीकर्ताको रुपमा याेग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले गत बुधबार (माघ २० गते) सो मात्राको कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । बोर्डले यसअघि पनि कूल ४६ कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको थियो । यससँगै कूल ६४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने भएका छन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका कूल ६४ संगठित संस्था (४६ र १८ गरी) लाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । थप कुन कुनले पाए स्वीकृति ? यसअघि क-कसले कहिले स्वीकृति पाएका थिए ? यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ ।

सिङ्गटी हाइड्रोको आईपीओ भर्ने म्याद थपियो, अब कहिलेसम्म दिन पाइन्छ ?

चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले सेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ । प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म सेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण सेयर १०० रुपैयाँ अङ्कित दरका १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्काशन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौंलगायत विभिन्न क्षेत्रमा रहेकाले शेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत सेयर छुट्याएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीका लागि सेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्नका लागि मेघा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयवासीलाई सेयर हाल्नका लागि आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेघा क्यापिटलले जिल्लाको सिङ्गटी, वावरेलगायत आयोजनास्थलमा समेत व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासी बैंकको पहुँचबाट टाढा रहेको हुँदा हरेक नागरिकलाई समेट्ने उद्देश्यले ती क्षेत्रमा सेयर आवेदन गर्नका लागि व्यवस्था मिलाइएको कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । सिङ्गटीमा निर्माण गरेको २५ मेगावाटको सो आयोजना निर्माण कार्यसम्पन्न भइसकेको छ । निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको हाइड्रो १३२ केभीको सिङ्गटी लामोसाँगु राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण विद्यत् प्रसारण लाइनमा जोडिन सकेको छैन । प्रसारण लाइनको पर्खाइमा रहेको उक्त आयोजना विद्युत् सङ्कटका बेलामा सरकारद्वारा विद्युत् सङ्कट निवारणका लागि छनोटमा परेको आयोजना हो । सरकारले विद्युत् सङ्कट निवारणका लागि भन्दै बास्केटमा रहेको आयोजनामध्ये प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको जिम्मा दिएको थियो । सरकारले २१० मेगावाट क्षमताका छ आयोजनालाई ‘सुपर सिक्स’ नामबाट निजी क्षेत्रलाई दिएकामा सो आयोजना निर्माण सम्पन्न भई सेयर निष्कासन गर्ने पहिलो हाइड्रो पावर बनेको छ । रासस

‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन, कतिले गरे लगानी ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते बिहीबार साँझ ५ बजेसम्ममा ७५ हजार ८८४ जनाले कूल एक अर्ब ६ कराेड ६६ लाख ९४ हजार ५ सय रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । साे अवधिमा ७५ हजार बढीले १० कराेड ६६ लाख ६९ हजार ४५० इकाईकाे लागि माग गरेका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा बढी आवेदन हाे । यद्दपि, सबै आवेदन संकलन भइनसकेकाेले उक्त संख्या केही मात्रामा बढ्न सक्ने छ । यससँगै उक्त फण्डमा लगानी गर्ने म्याद आज माघ १५ गतेबाट सकिएकाे छ । सानिमा इक्विटी फण्डले गत माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न गरेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।