पुँजी बजारमा नकारात्मक पार्ने क्रियाकलाप नगरियोस्, बोर्डको भूमिका प्रभावकारी होस्: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बोर्डलाई आगामी दिनमा आफ्नो कार्यलाई सशक्त बनाउन आग्रह गरेको हुन् । पुँजीबजारलाई विश्वसनीय तुलाउनको लागि यसमा कुनैपनि प्रकारका अनियमितता, पुँजीबजारमा नकारात्मक पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन् भन्नेतर्फ बोडले विशेष ध्यान दिनुपर्ने उनले बताए । ‘पछिल्लो समय पुँजीबजार आकर्षणको केन्द्रबिन्दु बनेको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढ्दै गएको छ । जुन सरकारप्रति लगानीकर्ताको विश्वास रहेको भन्नेमा विश्वस्त छु,’ उनले भने । त्यस्तै, आउने दिनमा लगानीकर्ताको हित र संरक्षणको पक्षमा धितोपत्र बोर्डको भूमिका प्रभावकारी बनाउन र लगानीका क्षेत्र र दायराहरु थप विस्तार गर्न उनले जोड दिएका छन् । सम्बन्धित समाचार कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन  

ग्लोबल आईएमई लघुवित्तको सेयर सूचीकृत, सोमबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज(जेठ २३ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सूचीकृत सेयर भोलि(जेठ २४ गते) सोमबारदेखि दोश्रो बजारमा कारोबार हुने छ । ग्लोबल आईएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई १ बराबर ०.९० को अनुपातमा प्राप्ति गरेको थियो । स्पर्सलाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुगेकाे छ । त्यस्तै, संस्थाले ९५ वटा शाखा मार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने छ वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए । सम्बन्धित समाचार ग्लोबल आईएमई लघुवित्तको २८.९२ प्रतिशत लाभांश पारित, स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने

नागरिक लगानी कोष र मल्टीपर्पस फाइनान्सले तोके बुक क्लोजको मिति

काठमाडौं । नागरिक लगानी कोष र मल्टी पर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेका हुन् । जसमध्ये नागरिक लगानी कोषले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको साधारणसभा आगामी असार १८ गते शुक्रबार २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितकाे प्रस्तावलाई अनुमाेदन गर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश असार ७ गतेसम्म कम्पनीकाे सेयर किन्ने सेयरधनीले मात्र पाउने छन् । नागरिक लगानी कोषले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने त्यस्तै, मल्टी पर्पस फाइनान्सले आगामी जेठ २४ गते बुक क्लोजको मिति घोषणा गरेको छ । संस्थाले आगामी असार ६ गते ११ बजे आफ्नो २३औं साधारण सभा आव्हान गरेको छ ।