१९ अर्ब लागतमा जगदुल्ला जलविद्युत् निर्माण हुँदै, सरकार र स्थानीयवासीले सेयर हाल्न पाउने
जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । २२ अर्बबाट लागत रकम घटेर १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिए । त्यस्तै तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको मितिमा सम्पन्न हुन मुस्किल परेको छ । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए। त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो । अर्को ८२ मेगावाटको आयोजना एक सय छ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको डिपिआर सार्वजनिक गरेर सरोकारवालाको राय सङ्कलन पनि गरिसकिएको आयोजना प्रमुख सापकोटाले बताए । क्यासकेड आयोजनाको रूपमा जगदुल्ला ए निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धक शेयर रहेको छ । रासस
‘निफ्राको सेयरलाई हतियार बनाएर खेलवाड गरियो, दैनिक करोडौंको क्षति व्यहोर्नु पर्छ’
काठमाडाैं । बुधबारकाे सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरलाई हतियार बनाएर खेलवाड गरिएकाे लगानीकर्ताकाे आराेप रहेकाे छ । लगानीकर्ता सम्वद्ध विभिन्न ५ वटा संघ संघठनले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबारकाे काराेबारमा अचानक निफ्राकाे सेयरलाई हतियार बनाएर परिसूचक र लगानीकर्ताको मनोविज्ञानमा खेलवाड गरिएकाे आराेप लगाएका हुन् । बुधबार निफ्राको सेयरको कारोबारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणाम देखिएकाेले पुँजीबजार सञ्चालक निकायप्रति लगानीकर्ताकाे विश्वसनीयतामा गुमेकाे छ । र, लगानीकर्ताकाे लगानी तथा सम्पत्ति असुरक्षित भएकाे उनीहरूकाे भनाइ छ । ‘२०७५ सालमा सञ्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज २०७७ साल फागुन १२ गते निफ्राको सेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानीकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सञ्चालक निकाय प्रतिको लगानिकर्ताको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) सेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं’, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूह गरि ५ वटै संस्थाका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएकाे छ । बुधबार निफ्राकाे काराेबारमा के भएकाे थियाे ? पुँजीबजारमा भर्खर सर्वसाधारण जनताको चासो र विश्वास बढ्दै गरेको, देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्षमा आज अचानक लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गरिएकाे भन्दै उनीहरूले आक्राेश पाेखेका छन् । लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति, संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधिलाई लगानीकर्ताले कति समयसम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकायबाट लगानीकर्ताले कहिले गर्न पाउने हो ? जस्ता प्रश्नकाे उत्तर यथासिघ्र सम्बोधन र समस्याको समाधान गर्न लगानीकर्ताले सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत आग्रह गरेका छन् । स्थगित भएको निफ्राको सेयर कारोबार पुनः शुरु, मूल्य ९.९३ प्रतिशतले घट्यो ‘नेपालको पुँजीबजार सञ्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्थाबाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सञ्चालन गर्दै आएका र हामीले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएर पुँजीबजार सञ्चालन गरिरहेका छन् भन्ने बुधबारको सेयर कारोबार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ । हामी पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले बारम्बार गुनासो गर्दै आएको टीएमएस, नेप्सेकाे वेवसाइटको समस्या, मेराे सेयरको समस्या त्यसमा पनि अनलाईन कारोबार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये इडीआइएसको मुख्य समस्याले गर्दा क्लाेज आउटमा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको छ ।’ देशको अर्थतन्त्रको ऐना मानिने नेपालकाे पुँजीबजारमा ३५ खर्ब रूपैयाँ भन्दा माथी पुँजीकरण रहेकेा छ । साथै, सीडीएससीकाे तथ्याङ्क अनुसार फागुन १२ गतेसम्ममा २९ लाख २५ हजार ८ सय ९७ ले हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोबार गरिरहेका छन् । त्यस्तै, सक्रिय लगानिकर्ताहरू साढे ५ लाख बढी पुगिसेकेकाे नेप्सेले जानकारी गराएकाे छ । दोहोरो अंकले बढ्यो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको सेयर सर्किट लेभलमा किनबेच
प्रतिनिधिसभा पुनर्स्थापनालाई नेप्सेको लाल सलाम
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ । बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१० बिन्दुमा झरेको छ । जबकी कारोबार शुरु भएको १७ मिनेटमै परिसूचक ८४ बिन्दुले घटेर २५०५ बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिकाे काराेबारमा बजार अलि सम्हालिँदै गएकाे छ । यो समाचार तयार पार्दासम्म बजारमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सो अवधिसम्म १९० कम्पनीको कारोबार भएको थियो ।