आईपीओ जारी गर्ने प्रस्तावसहित बुद्धभुमी नेपाल हाइड्रोले डाक्यो एजीएम

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आगामी फागुन ७ गते वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । माघ ९ गते बसेको कम्पनी सञ्चालक समितिले कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । बैठकको निणर्यअनुसार सभा काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा हुने भएको छ । सभामा सञ्चालक समितिले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव लगेको छ । यससँगै सभाले पारित गरेसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाउने छ । त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई अनुमोदन गर्ने छ ।

अपि पावरका सेयरधनीले माघभित्रै २ वर्षको बोनस र हकप्रद सेयर पाउने

काठमाडौं । अपि पावर कम्पनीका सेयरधनीले यहि माघ मसान्तभित्रै २ आर्थिक वर्षको बोनस र हकप्रद सेयर पाउने भएका छन् । मंसिर ८ गते सम्पन्न कम्पनीको सभाले पारित गरेको दुई आर्थिक वर्षको बोनस र हकप्रद सेयर सेयरधनीले यो महिनाभित्रै आफ्नो डिम्याट खातामा पाउने भएका हुन् । कम्पनीले पछिल्ला २ आर्थिक वर्षको बोनस सेयर तथा हकप्रद सेयरको बाँडफाँड पश्चात सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने काम २०७७ माघ मसान्तसम्म गर्ने तयारी भइरहेकाे जानकारी गराएकाे हाे । कम्पनीकाे सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको थियाे । कम्पनीले हालै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यमान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सम्बन्धित समाचार अपि पावरको नाफा २४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि दाेब्बर बढीकाे वृद्धि अपि पावरले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, प्रस्तावित बोनस र हकप्रद सेयर पारित

अपि पावरको नाफा २४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि दाेब्बर बढीकाे वृद्धि

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २४५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड १४ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन रकमका आधारमा १० करोड १७ लाख रुपैयाँ बढी हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट २४ करोड १९ लाख रुपैयाँ र अन्य श्रोतबाट ६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ५० लाख रुपैयाँ र अन्य श्रोतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । १ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । जगेडा कोषको रकम गत आवको दोश्रो त्रैमासको तुलनामा १५.७ प्रतिशतले बढेको हो । प्रतिसेयर आम्दानी २.१३ गुणाले बढेर १४.८४ रुपैयाँ पुगेको छ । जबकी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ६.९६ रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.७१ रुपैयाँबाट बढेर ११५.३९ रुपैयाँ पुगेको छ । कम्पनीले यसै आर्थिक वर्ष भित्र ४ मेगावाट क्षमताको चन्द्रनिगाहापुर सोलार आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको छ । साथै, दार्चुला जिल्लामा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निमार्ण कार्य करिब ३० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना २०७९ साल कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी द्रुत गतिमा कार्य गरिरहेको छ । सम्बन्धित समाचार अपि पावरका सेयरधनीले माघभित्रै २ वर्षको बोनस र हकप्रद सेयर पाउने