बजारले एकैदिन तीन नयाँ कीर्तिमान रचेसँगै नेप्सेले भन्यो- कारोबार गर्दा कुनै समस्या भए यसो गर्नुस्

काठमाडाैं । आज (जेठ ४ गते) मंगलबारकाे सेयर बजारमा तीन नयाँ कीर्तिमान कायम भएकाे छ । एकैदिन कारोबार रकम, कारोबार संख्या र नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएकाे नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएकाे छ । नेप्सेका अनुसार मंगलबार एक लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यसदिन २७९३.८९ विन्दु कायम भएको छ । कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हाे । यससँगै नेप्सले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजारमा उक्त कीर्तिमान कायम भएकाे जनाएकाे छ । ‘गत २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।’, नेप्सेले भन्याे । दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्नुपर्छ । खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक  विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने दाेश्राे बजार सञ्चालक नेप्से जानकारी गराएकाे छ । साथै, कारोबार गर्दा कुनै समस्या भए यो लिंकलाई पछ्याउन नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ । सम्बन्धित समाचार नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट

लघुवित्तले १५% भन्दा बढी व्याज लिन नपाउने व्यवस्था कार्यान्वयन, गाउँपालिकामा एउटा शाखा हुनैपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका तेस्रो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था कार्यान्वयनमा आएको बताएकाे हाे । त्यस्तै, इजाजतपत्र प्राप्त ‘क’, ख’, ग’ र थोक कर्जा प्रवाह गर्ने घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जाको रूपमा लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था पनि कार्यान्वयनमा आएको बैंकले जानकारी गराएकाे छ । लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा २०७७ पुस मसान्त पश्चात दुई शाखा खोली सञ्चालनमा ल्याएमा काठमाडौं उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडामा एक शाखा खोल्न पाउने व्यवस्था गरिएको छ । साथै, काठमाडौं उपत्यका बाहिर खोलिएका दुई शाखामध्ये कम्तिमा एक शाखा गाउँपालिकामा खोलिएको हुनुपर्ने छ ।

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, जगेडामा १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित

काठमाडौं । नागरिक लगानी कोषले खुद नाफा ५६.०४ प्रतिशतले बढाएको छ । कोषले सार्वजनिक गरेको चैतसम्मको वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा कोषको खुद नाफा ५६.०४ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तमा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको सो अवधिसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । त्यस्तै, कोषको खुद आम्दानी ३७ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दनी घटेर प्रतिकित्ता २६.३१ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ । कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषको रकम ८३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ ।