म्यानमारमा जन्मिएको सौरभ ग्रुपको व्यवसायिक यात्रा र सर्वोत्तम सिमेन्टको सेयर

काठमाडौं । सर्वोत्तम सिमेन्टले फागुनमा सेयर निष्काशन गर्ने समाचार सार्वजनिक भएपछि धेरैको चासो बढ्यो । नेपालकै पहिलो सबैभन्दा बढी विदेशी लगानी भएको सिमेन्टले आइपीओ जारी गरेपछि चासो बढ्नु स्वभाविक नै थियो । फागुनमा शेयर निष्काशन गर्ने भनेर प्रचार गरिए पनि उक्त मिति चैतमा सरेको छ । सर्वोत्तमले चैतबाट १५ प्रतिशत हुन आउने ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्ने तयारी गरिरहेको छ । ६० लाख कित्ता शेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । सर्वोत्तम सिमेन्टले ६ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । उपत्यका बाहिर पोखरा, नारायणगढ र धनगढीमा सम्पर्क कार्यालय विस्तार गरेको छ । पूर्वमा विस्तार गर्ने कम्पनीको योजना छ । सर्वोत्तम सिमेन्टको मानव शंसाधन विभागका दामोदर भट्टराईका अनुसार गत वर्ष २०७६ मा सर्वोत्तम सिमेन्टले ७ सय करोड रुपैयाँभन्दा बढी कारोबार गरेको थियो । पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिङकर नेपालका विभिन्न शका अन्य २० वटा उद्योगहरूले खरिद गर्छन् । कम्पनीका अनुसार वार्षिक उत्पादन क्षमता १ हजार २५ करोड बोरा रहेको छ । नवलपरासीमा उत्पादित सर्वोत्तम सिमेन्टले ग्रिन ओ.पि.सि.र ग्रिन पि.एस.सि.सिमेन्ट उत्पादन गर्दै आएको छ । पछिल्लो समय सर्वोत्तम सिमेन्टको उत्पादन बढेको छ । दैनिक ४० हजार बोराबाट उत्पादन क्षमता बढाएर ६० हजार बोरा पुर्‍याएको छ । बजार माग बढेका कारण उत्पादन क्षमता बढाइएको कम्पनीले बताएको छ । उपभोक्ता माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबट उत्पदित सिमेन्टको पहुँच पहिलाभन्दा सरल तथा सुलभ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ । सर्वोत्तम सिमेन्टका आफ्नै विशेषता छन् । जसले गर्दा अन्य सिमेन्टभन्दा यो फरक छ । यो ६ स्टेज प्रिहिटरबाट उत्पादित र वाटरपुफ्र लेमिनेटेड बोरामा प्याकिङ्ग गरिएको सिमेन्ट हो । यसले गर्दा भन्डारण अवधि तथा गुणस्तरमा भरपर्दो रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा सवैभन्दा उत्कृष्ट खानी मानिने पाल्पा तथा चितवनको चुनढुङ्गाको मिश्रणबाट सर्वोत्तम सिमेन्ट उत्पादन हुन्छ । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । सर्वोत्तम सिमेन्ट हाइड्रो पावर, ठुला भवन निर्माणमा सबैभन्दा बढी माग भएको सिमेन्ट हो । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारडाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम.प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । सर्वोत्तम सिमेन्ट सन् २०१० मा स्थापना भएको हो । कम्पनीका जनरल मेनेजर सुभाष पाण्डेका अनुसार हाल दैनिक ७० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आइरहेको छ । यसको गुणस्तर, मजबुती अरु सिमेन्ट भन्दा फरक भएको उनी बताउँछन् । सिमेन्ट उत्पादनदेखि लिएर उपभोक्तासम्म पुर्‍याउँने बेलासम्म सिमेन्टको लागि चाहिने आवश्यक कच्चा पदार्थ आफै उत्पादन गर्ने पहिलो कम्पनी भएको कम्पनी ईन्जिनियर अभिषेक झाले बताएका छन् । सर्वोत्तम सिमेन्टबारे उपभोक्ताहरुले कुनै गुनासो गरेमा कम्पनीले त्यसलाई तत्कालै सम्बोधन गर्दै आएको छ । सर्वोत्तम प्रालिद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न यस कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । यस्तो छ इतिहास सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लिलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो शहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बुद्धिजम धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरु म्यानमारबाट निकालिए । त्यसैबेला लिलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्ेरडिङ र साल्ट ट्ेरडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातिमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे । सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गथ्र्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्पादनमा केन्द्रित छ । यस ग्रुपले कोन्का प्रोडक्टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चाइनीज समानहरुको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ । लिलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपाने सन् १९८८ मा यस ग्रुपमा सामेल भएका थिए । युरोपियन भि.आर.एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४ हजार ५ सय ब्लेनसम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्ने एक मात्र उद्योग भएको दावी गरेको छ । सर्वोत्तम सिमेन्टनै किन रोजाईमा ? सर्वोत्तम सिमेन्टमा भि.आर.एम. टेक्नोलोजी प्रयोग गरिएको छ । यो युरोपियन भि.आर.एम. मेसिनबाट उत्पादित विश्व स्तरीय सिमेन्ट हो । नेपालमै पहिलो पटक डेनमार्कबाट आयत गरिएको अत्याधुनिक भि.आर.एम., क्रस बार कुलर र आई.एम.सि.सि.प्रविधिले भर्छ सिमेन्टको कण–कणमा गुणस्तर । फिन्नेसको गुणस्तर सर्वोत्तम सिमेन्ट ४५०० व्लेनसम्म मसिनोपनको गुणस्तर भएको नेपालको एकमात्र सिमेन्ट हो । सिमेन्टको मसिनोपनले नै सिमेन्टको गुण्स्तर बढाउँछ । सिमेन्टमा जति बढी मसिनोपन हुन्छ, त्यति नै सिमेन्टको मिश्रण राम्रो हुन्छ । निर्माण मजबुत हुन्छ । अधिकतम पकड शक्ति भएकाले मजबुत निर्माणका लागि यो सबैको रोजाईमा पर्ने गरेको छ । सर्वोत्तम सिमेन्ट इको फ्रेन्डली छ । वातावरण मैत्री टेक्नोलोजीबाट उत्पादित भएकाले नेपालमा उत्पादित अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुलीको खपत कम हुन्छ । यो वातावरण मैत्री टेक्नोलोजीबाट उत्पादित आई एस ओ १४००१ बाट प्रमाणित सिमेन्ट हो । सर्वोत्तम सिमेन्टका विशेषताहरु अरु पनि छन् । जसले गर्दा यो आम उपभोक्ताहरुको रोजाइमा परेको छ । अरुभन्दा यो सिमेन्ट बढी टिकाउ छ । कोरोसन र खिया प्रतिरोधात्मक शक्ति अत्यधिक भएको सर्वोत्तम सिमेन्ट क्षार, सोडा आदिको प्रतिक्रिया कम गराई कंक्रिटलाई बिग्रिन नदिने खालको हुन्छ । सेटिङ हुँदा कम ताप निस्कने हुनाले कंक्रिटमा क्र्याक आउँदैन । एक्स रे डिफ्रयाक्सन मेसिनद्वारा हरेक चरणम गुणस्तरको परिक्षण हुने भएकाले सर्वोत्तम सिमेन्टले एकनासको गुणस्तर दिन्छ । इक्रा नेपालले सर्वोत्तम सिमेन्टलाई थ्री बीप्लस रेटिङ दिएको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ९ सय २३ रुपैयाँ सञ्चालन नाफा हुने प्रक्षेपण गरिएको छ । हाल सर्वोत्तम सिमेन्टले ठूलो संख्यालाई रोजगारी दिलाएको छ । सौरभ समुहले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, जगदम्बा सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ, जगदम्बा सिन्थोटिक, सौरभ टि इस्टेट, सौरभ फोटो इन्टनेशनल, सौरभ रोटो प्याकेजिङलगायत उद्योगमा पनि लगानी गरेको छ ।

एफएनसीसीआईको भिजनः २०३० सम्म १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा दिएर महासंघले भिजन पेपर तयार पारेको हो । महासंघले निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित भिजन पेपर २०३० तयार पारेकाे बताएकाे छ । मंगलबार महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमिति महासंघमा निर्वाचित भएर आएको १०० दिन पुगेकाे अवरमा आयाेजित पत्रकार सम्मेलनमा महासंघले याे अवधिमा गरेका काम कारवाही र रणनीतिहरु प्रस्तुत गर्दै भिजन पेपर पनि प्रस्तुत गरेको हो । अध्यक्ष गोल्छाले संक्षेपमा महासंघको भिजन पेपर प्रस्तुत गर्दै देशको आर्थिक विकासका लागि अबको एक दशकभित्र देशको आर्थिक वृद्धिदर एक सय खर्ब रुपैयाँ हुने बताए । हाल देशको आर्थिक वृद्धिदर करिब ३९ खर्ब रुपैयाँको छ । भिजन पेपरमा भएका प्रमुख विषयहरु प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनभित्र सो भिजन पेपर प्रस्तुत गर्ने बताए । उनका अनुसार २०३० सम्म २२ लाख मानिसलाई रोजागारी प्रदान गर्ने किसिमले काम हुने पनि बताए । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ । ‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए । अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ । यस्तै महासंघले महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम गरेको गोल्छाको भनाई छ । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । सम्बन्धित सामग्री एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु प्रस्तुत गरेको हो । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट मंसिर १४ गते निर्वाचित नयाँ कार्यसमितिले १ सय दिनको समयावधिमा गरेको काम कारवाहीबारे पस्तुती दिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय दिनको अवधिमा आफुहरुले गरेका काम कारवाही र कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन् । उनले कार्यक्रममा १ सय दिनको अवधिमा मुख्य कार्यक्रमहरु तय देखि ती कार्यक्रमहरु कार्यानवयनका लागि गर्नु पर्ने आवश्य कार्यदल तथा समितिहरु पनि निर्माण गरिसकेको बताए । उनले सम्मानित निजी क्षेत्र र सम्मुनत नेपाल नारा लिएर देशमा वयवसायिक वातावरण सिर्जना गर्नको लागि महासंघ प्रतिवद्ध भएको बताए । महासंघले सय दिनभित्र नेपाल आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर), परिषद् समिति फोरमलाई क्रियाशिल बनाइने, सबैको भावना र मर्म समेटिने गरी विधान संशोधनको कार्यलाई अगाडि बढाइने, महासंघ पूर्वाधार एवं सचिवालय सुदृढिकरण र महासंघले प्रदेश संरचनाको प्रभावकारी संचालन गर्ने गरी वर्तमान नेतृत्वका ६ वटा प्राथमिकताका क्षेत्र तोकेको बताए । उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र , उद्योग , उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्त्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाइएको पनि उल्लेख गरे । यस्तै, महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान, महासंघको तेस्रो कार्यकारिणी समिति बैठक पारित लगायतका कामहरु गरेको उल्लेख गरे । ‘हामीले सय दिनको अवधिमा सबै परिषद् समिति र फोरमको सञ्चालन कार्यविधि तयार गरेका छौं, पहिलो बैठकमा अध्यक्षबाट मार्गनिर्देशन, हरेक ६ महिनामा कार्यसम्पादन मूल्यांकन गरिने र मार्गचित्रको कार्यान्वयन सयन्त्र बनाएका छौं,’ अध्यक्ष गोल्छाले भने । उनका अनुसार उद्योग वाणिज्य महासंघले तयार पारेको भिजन पेपर अब १० दिनभित्र सार्वजनिक हुनेछ । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको उनको भनाई छ । विधान संशोधन पहिलो प्राथमिकतामा अध्यक्ष गोल्छाले आफ्नो नेतृत्वको कार्यसमितिले विधान संशोधनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपछ, हामी अब महासंघको विधान संशोधन गर्दैछौं,’ उनले भने । उनका अनुसार विधान संशोधन कार्यदल महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीको नेतृवमा बनेको छ । ‘विधा संशोधनको काम अब छिट्टै अघि बढ्छ, विधान संशोधनपछि महासंघका अप्ठेराहरु, कठिनाईहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन्, हाम्रो मुख्य फोकस नै अब कामा हुनेछ,’ उनले भने । यस्तै, सचिवालयको भौतिक पूर्वाधार सुधार र प्रादेशि संरचना निर्माणका लागि वर्तमान कार्यसमितिले महत्वपूर्ण काम गर्ने उनले उनको भनाई छ । चैत २८ र २९ गते वार्षिक साधारणसभा अध्यक्ष गोल्छाले आगामी चैत २८ र २९ गते महासंघको ५५ औं वार्षिक साधारणसभा हुने बताएका छन् । उनले महासंघको आगामी कार्ययोजनामा ५५ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने मुख्य प्राथमिकतामा रहेको बताएका छन् । ‘महासंघ, सीएनआई र नेपाल चेम्बरबीच कार्यगत एकताका लागि प्रयास गरिनेछ, अन्तर्राष्ट्रिय व्यापार आयोजना पनि हामी छिट्टै गर्दैछौं,’ उनले भने । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमैत्री कार्यक्रमहरु ल्याई वित्तीय साक्षरता र नयाँ उद्यमीलाई अवसर दिलाउनको लागि महासंघ प्रतिवद्ध भएर लाग्ने बताएका छन् । उनले महासंले आगामी दिनमा ५० जना नयाँ उद्यमीलाई पुँजी उपलब्ध गरी उद्यम गर्न सघाउने पनि उल्लेख गरे । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । ढकालले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । अब महासंघले डेटा बैंक र भिजनमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।