सुनसरी र मोरङ्ग जिल्लाकै उत्कृष्ट निर्यात गर्ने स्वस्तिक आयल इण्डष्ट्रिज सम्मानित

<p>काठमाडौं । के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज सुनसरी र मोरङ्ग जिल्लाकै औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबैभन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मानित भएको छ । उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै नर्यात मूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५/ ०७६ तथा २०७६/७७ मा [&hellip;]</p>

काठमाडौं । के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज सुनसरी र मोरङ्ग जिल्लाकै औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबैभन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मानित भएको छ ।

उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै नर्यात मूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५/ ०७६ तथा २०७६/७७ मा सबैभन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा कम्पनीलाई सम्मान गरेको हाे ।

उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयलका संचालक विकास दुगडलाई प्रदान गरेका थिए ।

स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आईरहेको छ ।

Share News