नेपालको ओमनलाई ३११ को विशाल लक्ष्य, कुशलको किर्तिमानी सतक
काठमाडौं । एसीसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रन बनाउँदै ३११ रनाको लक्ष्य दिएको हो । नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदद्तमा १०८ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।
पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड आयोजना हुँदै
काठमाडौं । पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफस्ट राइड आयोजना हुने भएको छ । पेट्रोनास ल्युब्रिकेन्ट पेट्रोनास स्प्रीन्टा– चाइ पकौडा ब्रेकफास्ट राइडलाई इन्डियाको बाइक विक र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छ । कम्पनीका अनुसार यसले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको जनाएको छ । त्यस्तै, गरी ४ पांग्रेमा प्रयोग हुनेलाई प्रेटरोनास सिनीटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास युरीनिया भनिन्छ । यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र टान्मीसन ओइललाई टुइटेला टन्मीसन भनिन्छ । कम्पनीका अनुसार शनिबार आयोजना हुने पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुनेछ । यस कार्यक्रम भारतमा हुँदै आइरहेको पेटरोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड इन्डिया बाइक विकले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन गइराखेको छ । यस कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहनेछ । पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड ढुङ्गेअड्डा स्थित त्रिथुङ्गा कम्प्लेक्समाबिहान ८ बजेबाट शुरुभई धुलिखेल स्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने कम्पनीले जनाएकाे छ ।
मलेसियाविरुद्द नेपालको सानदार जित, ३६.२ ओभरमै ६ विकेटले विजयी
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो । मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य ३६.२ ओभरमै पुरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।