काठमाण्डू गोखार्जको दोस्रो जित, विराटनगर ९ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज)को दोस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो ।

काठमाण्डूले ९.४ ओभरमा १ विकेट गुमाउँदै सजिलै लक्ष्य हासिल गर्यो ।
 

Share News