काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले जनकपुरलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
लुम्बिनीविरुद्ध जवाफी ब्याटिङ गर्दै जनकपुरले ८ विकेट गुमाउँदै १३३ रनमात्र बनाउन सक्यो ।
लुम्बिनीको जितमा ड्यार्सी सर्टले ३, तिलक भण्डारी र शेर मल्लले २–२ विकेट लिँदा रुवेन ट्रम्पलमेनले १ विकेट हात पारे ।
जनकपुरका लागि साइफ हसनले २८, त्रितराज दासले १८, कप्तान हर्मित सिंहले ३३ र आदित्य महताले २४ रनको अविजित इनिङ खेले ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४ रन बनाउँदा निरोशन डिक्वेलाले २७ रन बनाए । त्यस्तै, दीलिप नाथले २५ रन बनाउँदा सामिम होसेइनले १३ रन बनाए । त्यस्तै, रुवेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए ।
जनकपुरका लागि विशाल शुस्लिङ र राहुल यादवले २–२ विकेट लिँदा अभिषेक तिवारी र हर्मीत सिंह तथा ललित राजवंशीले समान १–१ विकेट लिए ।
खेलमा जित हासिल गरेसँगै लुम्बिनीले ४ खेलबाट ७ अंक जोड्दै प्लेअफ सम्भावना बलियो बनाएको छ ।