काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज) भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा रनको १४९ योगफल तयार पार्यो ।
लुम्बिनीको यो चौंथो खेल हो भने जनकपुरको यो पाँचौं खेल हो । लुम्बिनी ५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने जनकपुर चौथो स्थानमा छ ।
हालसम्मको प्रतियोगितामा लुम्बिनी अपराजित रहेको छ ।