काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज)को दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजसामु ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल तयार पार्यो ।
विराटनगरका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए ।
विराटनगर विरुद्ध सन्तोष यादवले ३, सहान अर्चाहिगले २ तथा करण केसी, जहान्दाद खान, शहाव आलम र देव साहले १–१ विकेट लिए ।
विराटनगर ४ खेलबाट ४ अंक बनाई तालिकाको दोस्रो स्थानमा छ भने काठमान्डु २ खेलबाट १ जित निकाली तालिकाको सातौं स्थानमा रहेको छ ।
विराटनगर टस हारेर ब्याटिङमा आएको हो ।