पत्रकार ओली एआइपीएस स्पोर्ट्स मिडिया अवार्डबाट सम्मानित
काठमाडाैं । वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गरेका हुन् । हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उनले रु नौ लाख राशिको सो पुरस्कार हात पारेका हुन् । उनी अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हुन् । एआइपीएसमा अवार्ड जित्ने उनी नेपालको पहिलो पत्रकार बने छन् । डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन’् शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पारेका थिए । ओलीले लेखेका समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको थियो । उक्त अवार्डले नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उनले बताए । नेपालमा अनावश्यक रुपमा खेलकूद सङ्घहरु स्थापना गरिँदै आएको विषयवस्तुलाई पत्रकार ओलीले आलेखमा उजागर गरेका थिए । उनले उक्त समाचार १५ दिनभन्दा बढी समय खर्चेर तयार पारेका थिए । इन्टरनेशनल स्पोर्टस प्रेस एशोसिएशन (एआइपीएस) विश्वभरका खेलकूद पत्रकारको सर्वोच्च संस्था हो । एआइपीएसमा १६१ देशका खेलकूद पत्रकार सङ्घ आबद्ध छन् । नेपाल खेलकूद पत्रकार मञ्च उक्त एशोसिएशनमा आबद्ध छ । आइएसपीएले गत वर्षदेखि ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिसमा हुने गरेको म्याच फिक्सिङबारे समाचार लेखेका थिए । रासस
बार्सिलोनाको अफिसियल पेजमा प्रियंका कार्की, लेखियाे-‘वि लभ नेपाल’
काठमाडौं । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले कलाकार नायिका प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे छ । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले सोमबार ‘वि लभ नेपाल’ भन्दै कलाकार प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे हाे । कार्की आईतबार ब्वाईफ्रेण्ड आयुसमान देशराज जोशी र अन्तर्राष्ट्रिय युटुबर गबी गर्सियासँग गेम हेर्न बार्सिलोनाको होम स्टेडियम क्याम्प नोउ पुगेकी थिईन् । बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।
चितवन प्रिमियर लिग शुरु, सिलवाल भन्छन्- चितवनबाट धेरै सन्दिप जन्मन्छन्
चितवन । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिता माघ १७ गते (शुक्रबार)देखि शुरु भएको छ । नारायणगढको क्याम्पाचौरमा शुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिलवालले क्रिकेट खेलको विकासका लागि सीपीएल कोसेढुङ्गा सावित हुने बताए । उनले स्थानिय स्तरमा खेलाडी उत्पादन र उनीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । जिल्लामा केन्द्रित भएको सीपीएल आगामी बर्षदेखि प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता बन्नुपर्ने उनको जोड छ । ‘चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँदैछ, उनले भने, यो हामी सबैका लागि खुसीको कुरा हो ।’ उनले चितवन प्रिमियर लिगको सफलताको शुभकामना दिँदै चितवनबाट धेरै सन्दिप जन्मने बताए । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले चितवनको खेल प्रबद्र्धनका लागि सीएमसीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र इच्छाकामना वारियर्सविच प्रतिस्पर्धा भइरहेको छ । २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै, प्रतियोगिताको को-स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ । उद्घाटन समारोहमा नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, नेकपा भरतपुर महानगर अध्यक्ष राम न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञवादी, राष्ट्रिय युवा संघ चितवनका अध्यक्ष मधु न्यौपाने, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे, लगाएतको उपस्थिति रहेको थियो ।