काठमाडौं । कर्णाली याक्सले काठमाण्डू गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कुल २० ओभरमा ६ विकेट गुमाउँदै कर्णालीले १८० रनको योगफल तयार पारेको हो ।
कर्णालीका लागि हुसेन तलतले ४०, पवर सर्राफले ३०, गुल्सन झाले २० र मार्कले १७ रन बनाए ।
काठमाण्डूका लागि कप्तान करण केसीले दुई विकेट लिए । त्यसैगरी, साहब आलम, जाहाडाड खान, देव साह र सन्तोष यादवले समान एक विकेट लिए ।
कर्णाली जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराउँदै तालिकाकाे शीर्ष स्थानमा छ ।
यसअघि काठमाण्डूले टस जित्दै फिल्डिङ रोजेको थियो ।