काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जनकपुरले कुल २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।
जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रन बनाए । उनले ४९ बलमा ६ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।
अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे । सैफ हस एक, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह ९ रनमा आउट भए ।
पोखराका लागि सकिबले ३ विकेट लिए । मौहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान एक विकेट आफ्नो नाममा गरे । मेहदी हसनले आफ्नो स्पेलमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए ।