छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फाेटाेफिचर सहित)
काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागि भक्तजनहरुले अस्पताउदो सूर्यलाई अघ्र्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
रुखबाट खसेर घाइते भएका बुढाको उपचारका लागि आर्थिक सहयोगको अपील
काठमाडाैं ।बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ५ का लोकेन्द्र बोहराको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । रुखमा पराल राख्ने क्रममा खेर घाइते भएका बुढाको शरिरमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल बाजुरा लगिएको थियो । बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका जिल्ला अस्पताल बाजुराले उनलाई नेपालगन्जको वेष्र्टन हष्पिटलमा रिफर गरेको थियो । अष्पतालले उनको अप्रेसन गर्नु पर्ने भनेपछि उनको परिवार चिन्तामा परेको छ । आर्थिक अवस्था नाजुक भएपछि उनको परिवार अहिले सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि अपील गरिरहेको छ । उनलाई आर्थिक सहयोग गर्न चाहनेले ९८४८७१५८९३ र ९८४८४१९५८२ मा सम्पर्क गरेर जानकारी लिन सकिनेछ ।
खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्द
काठमाडौं । धादिङको खानीखोलमा ट्रकले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । ६ वर्षीय बालक राजमार्गमा बाटो काट्दै गरेको अवस्थामा ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिएर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बताएको छ । अहिले ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । स्थानीयले त्यसको बिरोधमा राजमार्ग नै अवरुद्द गरेका छन् । साँझ ४ बजेदेखि बन्द रहेको राजमार्ग अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।