‘आमाको तिलहरी बेचेर सुरु गरेको बाख्रा फार्म ७० लाखकाे भएकाे छ’
स्कुल पढ्दा किताबका पानामा लेखिएको हुन्थ्यो नेपाल कृषि प्रधान मुलुक हो भनेर । मलाई त्यो भनाई कताकता चित्त बुझ्दैन थियो । किनकी कृषि प्रधान मुलुकमा कृषकको सम्मान थिएन् । अर्को कारण कृषि प्रधान मुलुकका कृषकले नै विदेशबाट आयात गरेका कृषि सामाग्रीको उपभोग गरिरहेका थियौँ । बाल मष्तिष्कले जनाएको असहमती मैले मेरो युवा अवस्थासम्म आईपुग्दा पनि अरु कसैसँग प्रकट गर्ने साहस गर्न सकेको थिईन । परिवारका हामी सबै बाह्रै महिना कृषि कर्ममा व्यस्त हुन्थ्यौँ । तर पनि बाह्रै महिनालाई हातमुख जोड्न पुग्ने कृषि उपज उत्पादन हुँदैन्थ्यो । निर्वाहामुखी कृषि, भैँसी, बाख्रा, गाई पालेका थियौँ । खेतबारीमा पनि उसैगरी परम्परागत तवरले अन्न बाली लगाइन्थ्यो । त्यसैले त मेरा बाबाले जीवनको उर्जाशिल समयको झन्डै डेढ दशक विदेशी भूमिमा परिवारबाट टाढा रहेर बिताउनु भयो । निर्वाहमुखी कृषिबाट गुज्रिरहेको मेरो परिवारको आर्थिक अवस्था त्यति सहज र सवल त पक्कै थिएन । तर परम्परागत कृषी ईज्जत धान्ने साधन बनेको मात्र थियो अरु उपलब्धि हुने कुरै भएन । आमाले हिउँद बर्खा नभनी गरेको दुखले एक छाक खाना र एक जोर राम्रो लुगा फेर्ने पुग्दैनथियो । बाबाको वैदेशिक यात्राबाट निर्भर रहेको परिवार कृषि गरेर आर्थिक हैसियत सुधार्न सक्ला भन्ने कल्पना कहाँबाट गर्ने ? हरेक परिस्थितिको दास बन्नुको विकल्प थिएन । मेरो मात्रै नभएर मेरो समुदायका करिब ६० घरधुरीको अवस्था यस्तै थियो । बुझ्ने भएपछि मसँग कृषिमा नयाँ सम्भावना तथा आयाम सहित ग्रामीण समुदायलाई परिवर्तन गर्ने हुटहुटी थियो । आर्थिक रुपमा सिथिल भएका परिवारहरु आम सञ्चार तथा पूर्वाधारको पहुँच भन्दा टाढाको वस्तिहरुमा मानिसहरु वसाई सराई गर्दै अन्यत्रै जान थालेपति करिब करिब गाउँहरु शुन्य जस्तै बन्न थालेका थिए । आदर्शमा सिमित कृषि पेशाबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि धेरै युवा साथीहरुले आर्थिक उपार्जनका विकल्पहरु खोज्न थाले । युवा उमेरमा धेरै साथीहरुलाई आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने बाध्यता आईलाग्यो । परिस्थितीको पहाडले थिचेपछि पासपोर्ट बोकेर म्यानपावर धाउनुको विकल्प पनि थिएन् । वैदेशिक रोजगारीमा जानेलाई ऋण पत्याउनेहरु धेरै थिए, गाउँमै कृषि गर्छु भन्दा ऋण नपत्याउने अवस्थाले गर्दा गाउँमै अडिन सक्ने आँट कस्ले गर्न सक्ने र ? पात्रोमा दिन, महिना हुँदै सालहरु फेरिए । कृषकको दैनिकी र अवस्था फेरिएन । निर्वाहामुखी कृषी कर्मले दुख धेरै आम्दानी नगन्य नै थियो । यहीँ परिस्थिमा जसोतसो साहस जुटाएर कृषिमा केही फरक काम गर्ने संङकल्प गरे । तर लगानी गर्न सक्ने हैसियत भने मेरो भएन । बाख्रा पाल्नलाई ऋण खोज्ने बाहेकको विकल्प नै कहाँ थियो र ? भर्खर १७ वर्षमा टेकेको मलाई ऋण दिन जो कोही पनि तयार भएनन् । मेरो समाजले त मेरो उमेर समुहका उर्जाशिल युवालाई अल्लारेको उपमा दिन मात्रै सक्थ्यो, ऋण पत्याउँदैन्थ्यो । काम गर्ने असिमित चाहना भएकै कारण २०६८ सालमा भानुमति साना किसान कृषि सहकारी बाट २० हजार रुपैयाँ ऋण सहयोग लिए । आमाको तिलहरी बेचेर सुरु गरे सृजनशिल बाख्रा फार्म । १० वटा माउ बाख्राबाट निर्वाहामुखी कृषिलाई व्यवसायिक बनाउने यात्रामा होमिएको थिए । त्यो बेला ऋण खोजेर बाख्रा पाल्न तम्सिएको युवालाई ढाडस दिनेभन्दा हतोत्साहित बनाउनेहरु धेरै थिए । त्यो समय बाख्रा पालन गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने आशा म बाहेकका अरु कसैमा थिएन् । ऋण खोजेर बाख्रा पालन सुरु गर्दा कतिले त मानसिक रुपमा ठिक नभएकोसम्म भन्न पछि परेनन् । म भन्नेहरुको कुराको पछाडी लागिन । सिभिल ओभरिसयर अध्ययन गरेको मैले सुरु गरेको बाख्रा पालन व्यवसाय मेरा लागि एक नयाँ क्षेत्र थियो । पशुपालन गरेर सहजै जीवन गुजरा चलाउन सकिन्छ भन्ने कुरा गाउँमा यसअघि नत कसैले देखेका थिए नत सुनेका थिए । मैले चुनौतीका पहाडको सामाना गर्दै बाख्रा पाल्न सुरु गरेँ । सुरु सुरुमा प्राविधिक ज्ञान अनुभव नभएको मान्छे उमेरले पनि अलिक कच्चा भएर होला सफलता हात पार्न धौँधौँ भयो । व्यवसायबाट सोचे जस्तो आम्दानी हुन सकेन । ऋणको सावाँ र ब्याज तिर्न नसक्दा केही असहज भयो । तर निराश भएर मैले सुरु गरेको यात्राबाट विचलित हुने छुट कदापि थिएन । म मानसिक रुपमा व्यवसायलाई अगाडि बढाउने गरी निरन्तर लागिरहेँ । यसै समयमा नेपाल भू–कम्प र नाकाबन्दीको चपेटाबाट थलिएपछि लयमा फर्कन निकै सकस प¥यो । विभिन्न आरोह अवरोह पार गर्दै दृढ अठोटका साथ अगाडि बढाएको मेरो बाख्रा पालन व्यवसाय विस्तार हुँदै थियो । यसै समयमा वि. स. २०७४ सालमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साना किसान विकास लघुवित्त संस्था मार्फत ईजरायल जाने सुनौलो अवसर जुर्याे । ११ महिने ईजरायल यात्रा मेरो जिन्दगिको स्वर्णिम समय सिद्ध भएको छ । प्राविधिक सिप, क्षमता बिकास गर्ने र व्यवसाय प्रर्वद्धनका लागि बीउ पूँजी व्यवस्थापनमा लर्न एण्ड अर्न कार्यक्रम कोशेढुंगा सावित बन्यो । सायद इजरायल जान नपाएको भए म आज म बन्ने थिईन । एउटा सामान्य कृषकको छोरा बाख्राको खोरमा दैनिकी बिताइरहको मान्छे कृषि प्रविधि सिक्न ईजरायल जान सक्ला भन्ने धेरैलाई लागेको थिएन । तर मलाई साना किसान परिवारको लर्न एण्ड अर्न कार्यक्रम मार्फत जान पाउछु कि भन्ने आश थियो । इजरायल पुगेर आधुनिक कृषि प्रविधि र प्रणाली सिक्न पाए भने ओरालो लागेको व्यवसायलाई लयमा फर्काउन सकुँला कि आशाको किरण थियो । जुन पुरा भयो पनि । धान फल्ने खेत मासेर लगाएको १२ हजार घाँसका बेर्नाले थप दक्षता र व्यवस्थापन खोजीरहेको थियो । हजुरबुवाको मनमा खेत विगारिदिएको चिन्ता उस्तै थियो । ऋणको चपेटामा परेको मलाई अन्यत्र जान ठाउँ पनि थिएन । हिम्मत गरेरै व्यवसायमा जम्नैपर्ने थियो र त फरक अभ्यास गरिरहेँ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता दिनु थियो । निराश गाउँलेमा आशाको किरण जगाउनु थियो । असफलताको मानसिकताबाट मेरो विश्लेषण गर्नेहरुलाई मैले गरेका हरेक काम सही रहेछ भनेर प्रमाणित गराउनुपर्ने आफैँमा चुनौती थियो । अझ बढी अरुलाई भन्दा आफैँले आफैँलाई जित्नु थियो । प्रतिकुल परिस्थिती र समयलाई आफु अनुकुल बनाउनु थियो । भाग्यलाई श्रम, मेहनत र निरन्तरताले दासी बनाउने रहेछ । अविछिन्न प्रयासबाट आज परिचय बद्लिएको छ । ११ महिनाको ईजरायलस्थित रमात नेगेब इन्टरनेशनल ट्रेनिङ सेन्टरबाट सिकेको ज्ञानले व्यवसाय व्यवस्थापनमा सफल बनाएको छ । रित्तिएको बाख्राका खोरलाई इजरायलको लर्न र अर्नले भरिभराउ बनाएको छ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता गर्न सक्ने हैसियत बनाउन सफल भएको छु । एक सरो लुगा फेर्नलाई मात्रै मैलै बाख्रा पालन सुरु गरेको पक्कै हैन । चरम गरिबीको रेखामुनि रहेको मेरो समुदायको निर्वाहमुखी कृषि र पशुपालनमा घुमिरहेको मानसिकतालाई परिवर्तन गर्दै व्यवसायिक यात्रामा डो¥याउनु थियो । ऋणमुक्त गराउने अभ्यासमा जोड्नु थियो । आज धेरै हदसम्म सफलता मिलेको छ । गाउँलेले कल्पना समेत गरेका थिएनन् एउटै बाख्राको मुल्य तीन लाख रुपैयाँ सम्म पर्छ भन्ने । तर आज हामिले त्यही बोर जातका बाख्राहरु नेपाल अधिराज्यभर बीउका लागि बिक्री वितरण गरी करिव वर्षको चार करोड रुपैयाँको हाराहारीमा आम्दानी गाउँमा भित्र्याउन सफल भएका छौँ । ठूलो व्यवासय त मैले गरेको छैन् व्यक्तिगत रुपमा एक्लैले झन्डै ७० लाख रुपैयाँको हाराहारिमा लगानी गरेको छु । ग्रामिण समुदाय भिमाद नगरपालिका– ९ पाथर्दीको बस्तीलाई नेपालको नमुना बोर बाख्रा स्रोत विकास केन्द्रको रुपमा स्थापित गर्न सफल भएका छौं । विश्वविद्यालयहरुसँग गाउँको बाख्रापालनलाई जोड्न सकेका छौं । कृषि मार्फत ग्रामीण पर्यटनको सम्भावना देखेर गाउँमा होमस्टे (घरबास) कार्यक्रम संचालन गरेका छौँ । मैले फरक काम अनि ठूलो पक्कै गरेको छैन् । तर गाउँको ६० घरधुरी परिवारलाई निर्वाहामुखी कृषिबाट व्यवसायिक कृषिमा जोड्दै आर्थिक अवस्था सुधार्न केही हदसम्म सफल भएको छु । यो सफलता मेरो र गाउँलेको मात्रै हैन् । साना किसान लघुवित्त संस्था, इजरायल सरकार र लर्न एण्ड अर्न कार्यक्रमको हो ।
पर्यटन मन्त्रालयले संस्कृति, कला र भाषा साहित्यमा योगदान पुर्याउनेहरुलाई पुरस्कृत गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा एवं साहित्यमा योगदान गर्नेहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय प्रतिभा पुरस्कार सम्बन्धी कार्यविधिअनुसार ४ विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक स्तरमा एक एक जनालाई पुरस्कार दिने जनाएको छ । मन्त्रालयले पुरस्कारको लागि व्यक्ति वा संस्थाले आवेदन गर्नसक्ने जनाउँदै त्यसकालागि ३० दिनभित्र मन्त्रालयमा आवेदन दिन अनुरोध गरेको छ । मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।
जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते
बागलुङ । आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् । विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए । सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । ‘लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ’, उनले भने, ‘राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।’ ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो । आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो । बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो । सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस