डीएभी स्कुलमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा गायिका मनिला सोताङ्ग र बबिता मानन्धरको उपस्थिती रहेको थियो । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । यस्तै प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरेक थिए । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करले गाएको युगल गीत प्रस्तुत गरेका थिए । विद्यालयले स्व. गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ । रासस
अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता
काठमाडौं । चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरे । २२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दुतावास, पूरातत्व विभागप्रति आभार व्यक्त गरे । उनले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरु अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र संचारकर्मीहरुले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे । पूरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भईसकेका छन । ्