एशियाली शारीरिक सुगठन प्रतियोगिताको कार्यकारी समितिमा ४ जना निर्वाचित
काठमाडौं । एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ देखि २० गतेसम्म हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । आइतबार सम्पन्न एसियन बडि व्युलडिगं एन्ड फिजिक्यु स्पोर्टस् फडिरेसनको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । जसअनुसार, कार्यकारी उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ, उपाध्यक्षमा विजयलाल कायस्थ, अध्यक्ष, प्राविधिक समितिमा दिनेश राजभण्डारी र कार्यकारी सदस्यमा राजेश उपाध्याय रहेको कम्पनीले जनाएको छ ।
श्रुति तिवारी गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल’ उपाधिबाट सम्मानित
काठमाडौं। ग्लोकलद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा शनिबार अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द सोल्टी काठमाडौमा गरिएको थियो । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल तनहुँ, अतिथ अधिकारी, बाँके, माधव खनाल लमजुङ, निराजन रिमाल काठमाडौँ, प्रीति पन्थ गुल्मी र श्रुति तिवारी धनुषाबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो । श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन् । बालअधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् । उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्साउँछ । विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउन उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।
एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न
काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीता भएको बैंकले जनाएको छ । सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो । खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । त्यसैगरी, उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस खालको प्रतियोगित नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहित कुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ । प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो । कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एन आई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो । प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए । यो नेपालका नाम चलेका ब्राण्डहरुले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरु उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । जसमा स्टिङ्ग, जि स्पोटर््स, झापा एफसी, एन आई सी एशिया बैंक कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआद थाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लब हाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५९१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।