डीएभी कलेजको तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप सम्पन्न
काठमाडौं । ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रूपमा सम्पन्न गरेको छ । डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो । टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए । उद्घाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूसमेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ । यस वर्ष नागार्जुन कलेजले डीएभी बीसीए अन्तर-कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्याे । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्री र्याफ्टिङ प्याकेज प्रदान गर्याे । त्यसैगरी, रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर-अप ट्रफी हात पार्याे । उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यको योगदान रहेको थियो । टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता डीएभी इभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो । टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइसप्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।
स्वास्थ्यकर्मीलाई सेयरमा लगानी गर्न प्रोत्साहन, ५ लाखको पोर्टफोलियो हुनेले सेवा लिन सक्ने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागि हुन सकिन्छ । यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा निःशुल्क गरिएको छ । लगानीमा भएको नाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिने बताएको छ । साथै नाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजार सम्बन्धि निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।
मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरू)
काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यो पर्वका अवसरमा थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका छन् ।