सेयर धितो कर्जामा ७० प्रतिशत ऋण, मुल्यांकन १२० दिनकाे

काठमाडौं । सेयर धितो कर्जामा ७० प्रतिशत ऋण पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्यअनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाएकाे उनले बताए । जसको मुल्यांकन गर्न १२० दिन तोकिएको छ । सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्था थियाे । त्यसलाई परिवर्तन गरी १२० दिन कायम गरिएको गभर्नर अधिकारीले बताए ।

अध्यक्ष पोखरेलको नेतृत्वमा नेपाल पुँजीबजार लगानीकर्ता संघको दुई वर्षको यात्रा, के के काम भए ?

नेपाल पुँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको दुई वर्ष पुरा भएको छ । आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु, संघमा आवद्द सदश्य, प्रदेश सँयोजक, सह-सँयोजक, जिल्ला संयोजक-जिल्ला सह संयोजक, अग्रज लगायत सेयर बजारसँग सम्बन्धित सम्पुर्ण सरोकारवाला प्रति हार्दिक आभार ब्यक्त गर्दछु । संघले हालसम्म गरेका प्रमुख कार्यहरु: २०७६ जेष्ठ १८ गते अर्थ मन्त्रालय, आन्तारिक राजस्व कार्यलयबाट लगानीकर्ताले घाटामा पनि कर तिर्नु पर्ने (बोनस र हकप्रदलाई रु.१०० नै आधार मानेर कर लगाउने) एकतर्फी निर्णय पश्चात लगानीकर्ता संघ एकजुट भएर आन्दोलनमा होमिएका थिए। नेपाल पुँजीबजार संघको समेत सकृय उपस्थिती रहेको उक्त आन्दोलनबाट सरकार आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको थियो । अर्थमन्त्रीको एक अभिब्यक्तीको गलत बुझाई र बजारमा फैल्याईएको भ्रमका कारण लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले २०७५ श्रावण २७ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्‍यो । सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु , तत्कालिन गवर्नर डा. चिरन्जिबी नेपाल ज्यु , पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउन सफल भयो । फलत बजारमा क्रमश: सुधार देखा पर्दै गयो । संघले २०७५ भाद्र १५ प्रदेश नं २ जनकपुरमा “नेपाली पुँजी बजारमा वर्तमान सेयर बजारका अवसर र चुनौतिहरु” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ज्यु, बुद्दिजिवी लगायत सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो । सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। यहि जनचेतना मुलक कार्यक्रम पछि २ नं प्रदेशको राजधानिमा चैत्र १४ गते ब्रोकर कार्यलय बिस्तार गर्न सम्भव भएको छ । यसका साथै संघकै संक्रियतामा दाड, सुर्खेत लगायत ठाउँमा ब्रोकर साखा बिस्तारको पहल भएको छ। सेयर सक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप संघले २०७५ असोज ३, १५ र २७ गते क्रमश: हेटौंडा, चितवन र धनगढीमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । यसै गरी पुष २० गते धादिङ का प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे ज्यूको प्रमुख आतिथ्यमा धादिङमा पनि सो कार्यक्रम सम्पन्न गरेको जानकारी गराउन चाहन्छु । सेयर कारोबारमा प्यान अनिवार्य भन्ने बिषयले बजारमा एक किसिमको आतंक नै फैलाएको थियो । जुन समस्यालाई अन्य संघ सहित नेपाल पुँजीबजार लगानिकर्ता संघको सकृयतामा नियामक निकायहरुसँगको निरन्तरको बार्ता पश्चात सेयर कारोबारमा सबैलाई प्यान अनिवार्य भनिएकोमा अहिलेलाई प्रती कारोबार ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई मात्र अनिवार्य गरियो । सेयर कारोबारमा ब्यक्तिगत लगानीकर्ताको हकमा लाग्दै आएको ७.५ प्रतिशतको पुँजीगत लाभकर लाई आर्थीक बर्ष ७६/७७ को बजेट मार्फत ५ प्रतिशतमा झारिएको थियो । जुन एजेण्डा हाम्रो संघले बजार सुधारको लागी अर्थ मन्त्रालयमा पेश गरेको सुझाव मद्धेको एउटा मुख्य एजेण्डा नै थियो। यसबाट लाखौं लगानीकर्ता लाभान्वित भएका छन्। सरकारको तर्फबाट पूँजीबजार सुधारका र ब्यबस्थित गर्नका लागी कैयन कामहरुको थालनि भईराखेका समयमा अर्थ मन्त्रालयले मुद्रा बजार पुँजीबजारको समस्या समाधान गर्न बनेको उच्च स्तरिय आयोगमा हाम्रो सहभागिता र बजार सुधारको ५८ बुंदामा सहमती भएर बजार सुधार र बिकासको कार्यहरु अल्पकालिन, मध्यकालिन र दिर्धकालिन गरी ३ चरणमा कार्यान्वयनको क्रममा रहेको छ। २०७६ जेष्ट ३० गते हाम्रो सँघले नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ज्युलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी बुँदागत रुपमा बजारको समस्याहरु बारे जानकारी गराएको थियो। वहाँ बाट आफु बजारप्रती एकदमै सकारात्मक रहेको धारणा ब्यक्त गर्दै बजारको बिकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको थियो। नियमित गतिबिधिका अलवा समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहँदै आएको छ। २०७५ फागुन १६ र १७ गते आयोजना भएको दुई दिने लगानी सम्मेलन त्यस्तै २०७६ असार १६ र १७ गते आयोजित बित्तिय साक्षरता सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा समेत सँघको सहभागिता रहेको थियो। सेयर बजारलाई नै आफ्नो प्रमुख आधार क्षेत्र मानेर अघी बढ्दै आएको नेपाल पुँजिबजार लगानिकर्ता संघले प्रि-बजेट छलफल, मौद्रीक नितिको लागी आफ्नो राय सुझाव पेश गर्ने , अनलाईन ट्रेडिङमा बारम्बार देखिए समस्या, सेयर कारोबारमा राफसाफ को अवधी छोट्याई कारोबार प्रणाली लाई अझै छिटो र छरितो बनाउने लगायत सेयर बजारमा समय समयमा आउने बिभिन्न समस्याहरुको बिषयमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने देखी लिएर आवश्यक सुझावहरु समेत पेश गर्दै आईरहेको छ। २०७६ श्रावण १ गतेबाट लागु गरिएको सेयर बजारलाई ढुंगे युग तर्फ लजाने भारित औसत मुल्य गणना बिधीको बिरोध र सम्बन्धित निकाय सँग निरन्तर बार्ता गर्दै आईरहेको थियो। एकातर्फ अनलाईन कारोबार सुरु भयो भन्ने, अर्को तर्फ सेयर बिक्री पश्चात लगानिकर्ता अनिवार्य रुपमा खरिद बिवरण सहित ब्रोकरको कार्यालय धाएर ल्याप्चे लगाउनु पर्ने बिल्कुलै अबैज्ञानिका र अब्यवहारिक नियमका सम्बन्धमा श्रावण १५ गते अर्थ मन्त्रालयमा भएको छलफलले यो बिषयलाई निकास दिएको थियो। जस अनुसार २०५८ साल देखी २०७६ सम्मको औसत मुल्य कायम गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो। नेपाल पुँजिबजार लगानिकर्ता संघ सामाजिक उत्तरदाईत्वको बिषयमा पनि संवेदनशिल रहेको छ। बारा र पर्सामा २०७५ फागुनमा आएको आँधी हुरीले गराएको धन जनको ठुलो क्षति लगत्तै फाल्गुन २३ गते संघकै सक्रियतामा स्थाननिय निकायसँगको समान्वयमा पिडित परिवारलाई ८० हजार बराबरको राहत बितरणको कार्य गरेको थियो। लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले गत बर्ष श्रावण १८ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्‍यो। बर्तमान सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु , डेपुटि गभर्नर चिन्तामणी शिवाकेटी ज्यू, पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु, पुर्व अर्थमन्त्री संकर कोइराला ज्यू , सरोकारवाला निकाय लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउने काम गरेको छ । संघले ७ नं. प्रदेशमा गत बर्ष असोज १४ गते धनगढीमा पुँजीबजार तथा नेप्से अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो। त्यस्तै डलेल्धुरामा भाद्र ३१ गते अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र लगानीकर्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो। आर्थिक विकासको लागि पुँजी बजारको विकास अपरिहार्य ठाँन्दै यसैगरी संघले महेन्द्रनगरमा पनि गत असोज ५ गते सचेतनामुलक कार्यक्रम सम्पन्न गराएको थियो। असोज १४ गते प्राधाअनमन्त्री ज्युलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी समस्याहरु बारे जानकारी गराउँदै बुदागत रुपमा ज्ञापन पत्र पनि बुझाएको थियो। उहाँबाट बजारको बिकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको छ। त्यसै गरि गत पौष १३ गते पोखरामा “लगानीकर्ता सचेतना कार्यक्रम” सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यू र सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। अर्थतन्त्रको एेना मानिने पुँजीबजारलाई राज्यले अपहेलना गरेकोमा दु:ख ब्यक्त गर्दै आफ्नो तर्फबाट बजार बिस्तारको लागि सक्दो सहयोग पुर्याउने आश्वसन ब्यक्त गर्नु भएको थियो । समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहदै आएको छ । गत मंसिर २८ गते बिमा र पुँजी प्रदशनीमा संघले सहभागिता जनाउँदै आफ्नो राय सुझाव पेश गरेको थियो । यसै गरी सेयर साक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप यस संघले गत चैत्र ३० बैषाख १ र २ गते गरि तिन दिन सम्म सेयर बजार सम्बन्धि दमकमा पहिलो पटक आधारभुत तथा प्राबिधिक बिष्लेषण र सचेतना कार्यक्रम सम्पन्न गरेको थियो। ब्यक्तिगत स्वार्थबाट पर हटेर सार्वजनिक हितलाईनै मुख्य उदेश्य मानेर हातेमालो गर्दै अघी बढेको कारणनै संघ छोटो समयमै आम लगानिकर्ता देखी सबैको मन मस्तिस्कमा बस्न सफल भएको छ। उल्लेखनिय कुरा त संघले राजधानी केन्द्रीत मात्र नभई सातै प्रदेशमा आफ्नो संजाल बिस्तार गरिसकेको छ भने ७७ वटै जिल्लामा संजाल बिस्तारको क्रममा छ, यसप्रकारको गतिबिधी यसअघी कुनै पनि संस्थाबाट भएको थिएन। लगानिकर्ता संघको सातै प्रदेशका प्रतिनिधी र सदश्यहरुको लगनशिलता र संघ प्रतिको झुकाव देख्दा ईच्छाशक्तीनै रहेछ सबै भन्दा ठुलो कुरा, चाह्यो भने नहुनेनै के रहेछ र भन्ने भान भएको छ। पछिल्लो समय कोभिड-१९ महामारीको कारण योजनामा रहेका कार्यक्रमहरुमा ब्रेक लागेको छ। तथापी सामाजिक संजाल का साथै भर्चुअल माध्यम मार्फत् बजारको समस्याहरुको समाधानको लागी संघले आफ्नो तर्फबाट निभाउनु पर्ने कर्तब्य निभाईरहेको जानकारी गराउँदै महामारीको अन्त्य पश्चात संघले आफ्ना गतिबिधीहरु लाई पुरानै अवस्थामा तिब्रता दिने कुराको जानकारी गराउन चाहन्छु। धन्यवाद जय पुँजीबजार । (अध्यक्ष पाेखरेलकाे सामाजिक सञ्जालबाट साभार)

गुल्जार सेयर बजारमा उछाल ल्याउने काँग्रेसको प्रयास, यी सुझाव कार्यान्वयन भए कहाँ पुग्ला नेप्से परिसूचक ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गर्यो । सरकारले लकडाउन गर्नुअघिदेखि अथार्त चैत पहिलो सातादेखि नै बन्द भएको सेयर बजार असार १५ गतेदेखि मात्रै खुल्यो । सेयर बजार सय दिनभन्दा लामो समय बन्द हुनुमा लगानीकर्ताको मनोवैज्ञानिक त्रास पनि ठूलो थियो । सामुहिक सौदाबाजी तथा पहुँच र पहलको भरमा नीतिगत प्रभाव पार्न सकिने हाम्रो जस्तो राज्यप्रणालीमा लगानीकर्ताले बजार घट्ने डरको कारण पनि केही समय बजार खोल्नबाट रोके । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लगानीकर्ताका प्रमुख सरोकारका केही विषय सम्बोधन नभइ बजार नखोल्ने अड्डी लियो । बोर्डको अडानकै कारण पुँजीगत लाभकर अन्तिम कर हो भनेर व्याख्या गर्न कर प्रशासन वाध्य भयो । इलेक्ट्रोनिक पेमेन्टमा दैनिक १० लाखको सीमालाई सेयर कारोबार प्रयोजनको लागि सीमा नलाग्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरिदियो । यस्ता प्रमुख परिवर्तनपछि मात्रै खुलेको बजारमा लगानीकर्ताको धेरै आकर्षण देखियो । लकडाउनले अर्थतन्त्र थला परेको समयमा बजार खोल्दा बजार नै क्रयास हुने हो कि भन्ने लगानीकर्ताको चिन्ता विपरित बजार बढेको कारण सर्किट ब्रेकर लगाउनु पर्यो । असार १५ गते १२०१ विन्दुमा रहेको पुँजी बजार मापक नेप्से परिसुचक साउन १ गतेसम्ममा बढेर १३९४ विन्दु पार गरिसकेको छ । यो बीचमा बजार १९३ अंकले बढेको छ । यो बीचमा बजार बढ्नुमा अर्थतन्त्र सबल भएर होइन । लगानीकर्ताका खास समस्या समाधानको लागि नियामक निकाय धितोपत्र बोर्ड सक्षम छ भन्ने सन्देश प्रवाह भएको हो । बोर्ड आफैले सेयर धितो कर्जालाई अहिलेको ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याइदिन नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र नै पठायो । बोर्डको यो प्रकारको सक्रियताले सेयर बजार गुल्जार भयो । असार १५ देखियता बजार करिब प्रत्येक दिन बढेको छ । सेयर बजार बढ्नुमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को भूमिका पनि सकारात्मक रह्यो । सिबिफिन पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहितका उच्चपदाधिकारीलाई भेटी सेयरधितो कर्जाको सीमा बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव दिए । पुँजी बजारको नियामक निकाय बोर्डले बैंकिङ क्षेत्रको नियामक निकायलाई पत्राचार गरी सेयर धितो कर्जा ७५ प्रतिशत बनाउनु सुझाव दिनु र बैंक तथा वित्तीय संस्थाहरुको संचालक समिति अध्यक्षहरुको संस्थाले यस्तो कर्जालाई ८० प्रतिशत बनाउन सुझाव दिनुले सेयर बजारमा अझ राम्रो सन्देश प्रवाह भयो । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझाव पुँजी बजारका लागि असाध्यै सकारात्मक छ । बैंकहरु स्वतःस्फूर्त रुपमा मर्जरको लागि तयार नभए फोर्सफुल मर्जर स्वीकार गर्न राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा चेतावनी दिएको गुनासो बैंक वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु अनौपचारिक रुपमा बताउँदै आएका थिए । तर, नेपाली काँग्रेसले फोर्सफुल मर्जरको बारेमा नसोच्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । काँग्रेसको यो सुझाव मौद्रिक नीतिले स्वीकार गरेमा यो बैंक राम्रो हो भनेर सेयर किनेका लगानीकर्तालाई वाध्यतावस अर्काे बैंकको सेयरधनी बन्नुपर्ने अवस्था आउने छैन । त्यसैले लगानीकर्ताको लागि यो सन्देश पनि सकारात्मक नै हो । काँग्रेसले आफ्नो सु्झावमा बैंकहरुबीच मर्जरको लागि कर छुटको व्यवस्था गर्न सुझाव दिएको छ । उसको सुझावमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई कम्तिमा पनि २ वर्षसम्म नाफामा लाग्ने करमा ‘भारी छुट’ दिनुपर्ने भनिएको छ । काँग्रेसले मागे जस्तै नाफामा ‘भारी कर छुट’ भए बैंकहरुले निकै मोटो रकम कर छुट पाउने छन् । अहिले बैंकहरुले नाफामा ३० प्रतिशत कर्पाेरेट कर तिर्छन् । नविल, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, नेपाल, ग्लोबल आइएमई, सानिमा, सिद्धार्थ, एभरेष्ट, हिमालयन जस्ता धेरै बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । एक अर्ब रुपैयाँ खुद नाफा गर्ने बैंकहरुले कर्पाेरेट कर तिर्नु नपर्ने हो भने उनीहरुको ३० करोड रुपैयाँ स्वतः जोगिनेछ । अर्थात बैंकहरुको नाफा ३० प्रतिशतले बढ्ने हुन्छ । नेपाली सेयर बजारमा बैंक वित्तीय संस्थाको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । यस्तो बजारमा मर्जरमा जाने बैंकले कर्पाेरेट कर तिर्नु नपर्ने व्यवस्था भयो भने सेयर बजारमा उछाल आउन सक्छ । यसअघिसम्म सरकारले मर्जरमा जाने बैंक वित्तीय संस्थालाई मर्जरपछिको २ आर्थिक वर्षसम्म डिभिडेन्ड बाढ्दा कर नलाग्ने व्यवस्था गरेको थियो । यो व्यवस्था सेयरधनीको लागि हो । तर, कर्पोरेट कर छुट भने दिइएको थिएन । काँग्रेसले राष्ट्र बैंकलाई भने कर्पाेरेट कर छुटको सुझाव दिएको छ । यद्यपि कर छुटको विषय मौद्रिक नीतिले सम्बोधन गर्न सक्दैन । काँग्रेसको सुझाव अनुसार कर्पाेरेट कर छुट दिनको लागि अर्काे बजेटसम्म कुनुपर्ने हुन्छ वा सरकारले बीचमै आयकर ऐन संशोधन गर्नुपर्ने भने हुन्छ । सम्बन्धित सामग्री काँग्रेसको सुझावः मर्जरलाई प्रोत्साहन गर्न २ वर्षसम्म नाफामा भारी कर छुट दिनुपर्छ यस्तो छ बिग मर्जरका लागि बैंकहरुले खोजेको बम्पर प्याकेज मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक